रोगले थलिँदै गोलबजारवासी, महामारी प्रकोप फैलने खतरा
सिरहा । एक दशकअघिसम्म अन्न उत्पादनको केन्द्र मानिने गोलबजार नगरपालिका अहिले इँटाभट्टाको केन्द्र बनेको छ । इँटाभट्टाको फैलिँदो सञ्जालले बस्तीमा खाद्य असुरक्षासँगै रोगको संक्रमण बढाउँदैछ । गोलबजार नगरपालिकामा २१ वटा इँटा उद्योग सञ्चालित छन् । एउटै वडामा पाँचवटासम्म भट्टा पाइएका छन् । धेरैवटा भट्टाबाट

२०७४ माघ १८ बिहीबार, बिहान ८:५३ बजे४ मिनेट पढाइ
सिरहा । एक दशकअघिसम्म अन्न उत्पादनको केन्द्र मानिने गोलबजार नगरपालिका अहिले इँटाभट्टाको केन्द्र बनेको छ । इँटाभट्टाको फैलिँदो सञ्जालले बस्तीमा खाद्य असुरक्षासँगै रोगको संक्रमण बढाउँदैछ । गोलबजार नगरपालिकामा २१ वटा इँटा उद्योग सञ्चालित छन् । एउटै वडामा पाँचवटासम्म भट्टा पाइएका छन् । धेरैवटा भट्टाबाट निस्कने धुवाँको असर यहाँका बस्ती, धाँजा फाटेका खेत र आँपका बगैंचामा सजिलै हेर्न सकिन्छ।
धुवाँ र प्रदूषणले आसपासका बगैंचामा आँप फल्दैन । खेतबारीमा अन्नबाली उत्पादन हुँदैन । बस्तीका मानिस श्वासप्रश्वास समस्याले पीडित छन्।
गोलबजार मुसहरी बस्तीका रामा सदाय ९नाम परिवर्तन० क्षयरोगबाट थलिएका छन् । गाउँकै इँटाभट्टामा मजदुरी गर्ने उनी भन्छन्, ‘सुरुमा खोकी लाग्यो, धेरै समय निको नभएपछि जचाउँदा टिबी रहेको थाहा पाएँ ।’ बिसेक हुनका लागि उनले सरकारी अस्पतालबाट निःशुल्क औषधि त पाएका छन् तर कामको चापले नियमित सेवन गर्न नपाउँदा रोगले झनझनै च्याप्दै गएको छ । अहिले उनी घरमै थला परेका छन् । राजनीतिक, आर्थिक र सामाजिक रूपमा बलिया इँटा उद्योग सञ्चालकलाई प्रतिकार गर्ने साहस स्थानीयसँग छैन । त्यसैले जति दुःख बेहोर्नुपरे पनि पनि उनीहरू चुपचाप छन् ।
इँटाभट्टाबाट निस्कने प्रदूषणका सिकार हुने सदाय एक्ला होइनन्, गोलबजारका अरू थुप्रै मानिस धुवाँको ’कुहिरो’ का बीच निस्सासिन बाध्य छन् । गोलबजारका बहादुर सदाय भन्छन्, ‘हावा नचलुन्जेल त ठीकै छ, हावा चलेपछि आगोले पोलेजस्तो हुन्छ । यहाँ त बसिनसक्नु हुन्छ ।’ अर्का सगमलाल सदाय घरआँगन कोइला बलेर निस्कने धूवाँको मुस्लो बस्तीभरि फैलिने बताउँछन् । ‘कतिचोटि त हावाले उडाएर ल्याउने कालो धुलो खानामै झर्छ,’ उनले भने।
राजनीतिक, आर्थिक र सामाजिक रूपमा बलिया इँटा उद्योग सञ्चालकलाई प्रतिकार गर्ने साहस स्थानीयसँग छैन । त्यसैले जति दुःख बेहोर्नुपरे पनि पनि उनीहरू चुपचाप छन् । ‘बोल्यो भने मालिकले लात हानेर निकालिदिन्छ,’ भट्टामा आश्रितहरू भन्छन्, ‘रोगी हुँदा पनि पेटका लागि चुपचाप बस्नुपरेको छ । भोक हेर्ने कि रोग ।’
यहाँका मुसहरहरू बर्खाको तीन महिनाबाहेकका समय भट्टामा काम गरेर गुजारा गर्छन् । बस्तीसँगै भट्टा रहेकाले धुवाँको पहिलो सिकार पनि उनीहरू नै हुन्छन् । स्थानीय बासिन्दा भन्छन्, ‘बच्चादेखि वृद्धसम्म सबैको नाकमा वर्षैभरि सकसक भइरहन्छ। बिहान उठ्दा नाकबाट कालैकालो पदार्थ निस्कन्छ । लाग्छ, रातभर धुवाँमा सास फेरेछु, बच्चालाई झन् कति गाह्रो हुँदो हो।’

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…