बंगलादेश राजदूतावासलाई भिसाको नियम सच्चाउन वोन्सोको माग
महतोले यसप्रति सरकारलाई पहल गरिदिन समेत अनुरोध गरेका छन् ।
२०७७ साउन १२ सोमबार, बिहान ७:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बँगलादेश । विश्वव्यापी विधार्थी संगठन बंगलादेशले, बंगलादेश राजदूतावासको भिसा सम्बन्धी सच्याउन माग गरेको छ ।
संगठनले बिहिबार एक पत्र जारी गर्दै सरकारले ल्याएको भिसा सम्बन्धी नियमप्रति आपत्ति जनाउदै नियम सच्याउन माग गरेको हो ।
वैश्विक महामारी नोवेल कोरोना भाईरसको संक्रमणका कारण बाङ्लादेश आक्रान्त बनिरहेको अवस्थामा नेपाली विद्यार्थीहरु स्वादेश फर्केको समय कतिपय विद्यार्थीको भिसाको समय समाप्त भएको बेला पनि राजदूतावासले विद्यार्थीहरुलाई मार्का पुग्ने गरि रकम असुली रहको संगठनको आरोप छ ।
बंगलादेश राजदूतावासले भिसाको म्याद सकिएका विद्यार्थीलाई बंगलादेश फर्किन ६ महिनाको विद्यार्थी भिसा वापत एक सय बीस अमेरिकि डलर तिर्नु पर्ने नियम छ भने पुनः बंगलादेश फर्केर ६ महिना पश्चात १ वर्षको भिसा लिन १५ अमेरिकि डलर लाग्ने नियम छ ।
तर, बंगलादेश राजदूतावासले नेपालमा चर्को रकम असुलेर केवल ६ महिनाको विद्यर्थी भिसा दिएता पनि बंगलादेशमा पुनः भिसा नविकरण गर्दा अनेकौं कठिनाई भोग्नु परेको संगठनका कोषध्यक्ष अंकित महतोले बताए । महतोले यसप्रति सरकारलाई पहल गरिदिन समेत अनुरोध गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुदिप कुमार शर्मा
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…