जनकपुरको मुरलीचोक तनावग्रस्त, चक्का जाम
जनकपुरधाम, १७ माघ । जनकपुरको मुरली चोक अहिले तनावग्रस्त बनेको छ । जनकपुर उपमहानगरपालिकाको वडा नं. ४ मा पर्ने विद्यापतिचोक (मुरलीचोक) मा केही बेर अघि देखि नै तनावग्रस्त बनेको छ । आज केही बेर अघि स्थानीय एक पसल सँचालकलाई धनुषा प्रहरीले विना कारण पक्राउ गर्न खोजिएको भन्दै स्थिति तनाग्रस्त बनेको हो । चो

२०७४ माघ १७ बुधबार, दिउँसो ३:३३ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १७ माघ ।
जनकपुरको मुरली चोक अहिले तनावग्रस्त बनेको छ ।
जनकपुर उपमहानगरपालिकाको वडा नं. ४ मा पर्ने विद्यापतिचोक (मुरलीचोक) मा केही बेर अघि देखि नै तनावग्रस्त बनेको छ ।
आज केही बेर अघि स्थानीय एक पसल सँचालकलाई धनुषा प्रहरीले विना कारण पक्राउ गर्न खोजिएको भन्दै स्थिति तनाग्रस्त बनेको हो ।
चोकमै कपडाका पसल सँचालन गर्दै आएका पसल सँचालक रितेश सिँहलाई प्रहरीले जोरजरदस्ती पक्राउ गर्न खोजिएको भन्दै अवस्था संवेदनशिलतामा परिणत भएको जनाइएको छ ।

सिँहको पक्राउको विरोध गर्दै स्थानीय पसलबाला तथा व्यापारीहरु चोकमा केही बेरदेखि चक्काजाम गरेको छ ।
प्रहरीले जवरदस्ती पसलबाट समानहरु उठाएर लग्न खोजपछि दुईतर्फा तानातान भएलगत्तै अवस्था तनावमा परिणत भएको स्थानीय व्यावशायीहरु बताए ।
प्रहरीले सिंहलाई जबरदस्ति कुटपिट गरी असभ्य शैलीमा पक्राउ गरी, पसलका बोर्ड पसल भित्रका सम्पुर्ण सामान तोडफोड गरेर लगेको स्थानियको आरोप छ ।
स्थानियका अनुसार आफुहरु जबसम्म रितेशलाई रिहा नगरी प्रहरीले माफी नमागेसम्म चक्काजाम जारी राख्ने बताएका छन् ।
जनकपुर उद्योग बानिज्य संघका उपाध्यक्ष सुरेन्द्र भण्डारीले यसमा दोष प्रहरीकै रहेको दाबी गरेका छन् ।
यता, फुटपाथमा राखेको समानहरुलाई टाफिक व्यवस्थापन गर्न समस्या भएको भन्दै हटाउन खोज्दा पसलले धाकधम्की देखाउँदा बल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता (डिएसपी) प्रवीण धितालले जनाए ।
डिएसपी धितालका अनुसार, टाफिक व्यवस्थापनको लागि फुटपाथमा राखिएको पसलका समानहरुलाई हटाउन मात्र खोज्दा स्थानीय व्यापारीहरुले विरोध गरेपछि प्रहरीले बल प्रयोग गरेपछि अवस्था तनाव भएको बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…