वन प्रमुख साह श्रीमति सहित अख्तियारको फन्दामा !
अनुसन्धान प्रक्रियाको लागि अख्तियारको कार्यालय इटहरी लगिएको जनाइएको छ ।

२०७७ साउन ९ शुक्रबार, बेलुकी ६:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सुनसरी । सुनसरी जिल्लाका डिविजन वन प्रमुख र उनका श्रीमति दुवै जना अख्तियारको फन्दामा परेका छन् ।
डिविजन वन कार्यालयका प्रमुख रहेका रामबाबु साह सहित उनकी श्रीमति किरण साहलाई अख्तियारको टोलीले बाटोमै पक्राउ गरेको छ । पूर्व पश्चिम राजमार्गमै सर्च अपरेशनको क्रममा दुवै जनालाई नियन्त्रणमा लिएको अख्तिया दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय इटहरीले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार घुस लिएर डिविजन प्रमुख साह र उनकी बा. २ झ. ४१० नम्बरको कार्यालयकै गाडीमा हिँडेका थिए । गोप्य सूचनाको आधारमा गाडी चेकजाँच गर्दा रकम सहित पक्राउ परेको हो ।
सरकारी कार्यालयकै गाडीमा रौतहट तर्फ निस्केका दुवै जनाअख्तियारको कार्यालय इटहरीले सुचना पाएपछि गाडी सर्च गर्दा ५ लाख ५३ हजार रुपैया बरामद गरेको प्रवक्ता अधिकारीले थपे ।
गाडी रोकेर प्रहरीको सहयोगमा गाडीमा सर्च अपरेशन चलाएको थियो । सर्च अपरेशनको क्रममा ५ लाख ५३ हजार रुपैयाँ बरामद भएको र सो बरामद रकमको स्रोत खुलाउन नसक्दा दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रियाको लागि अख्तियारको कार्यालय इटहरी लगिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…