जनकपुरः आफैंले आफूलाई लुटने ३ नक्कली लुटेरा पक्राउ !
टिभिएस मोटरसाईकलको शो–रुममा कार्यरत तीनैजनालाई नियन्त्रणमा लिइएको थियो ।

२०७७ साउन ८ बिहीबार, बेलुकी ५:१९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बुधबार दिउँसै जनकपुरबाट एक युवक लुटिएको खवरमा नयाँ टवीस्ट आएको छ । लुटिएको भनिएको युवक योजना तहत नै रकम लुटाएको खुलेको छ ।
बुधबार दिउँसो करिब २ बजेको समयमा जनकपुरको जलाद पुल नजिकैबाट रकम लुटिएको भनेर प्रहरीमा खवर गरेको थियो । खवर गर्ने र आफू लुटिएको भनिने धनुषाको कमला नगरपालिका वडा नं. २ सराबे बस्ने स्थानीय बद्री मण्डलका छोरा २१ बर्षिय धीरज मण्डल आफ्नै फन्दामा आफैं फँसेका छन् ।
आफूलाई पेस्तोल देखाएर ३ लाख ७६ हजार रुपैयाँ लुटिएको घटनाका प्रमुख योजनाकार धीरज मण्डल नै रहेको धनुषा प्रहरीले खुलाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट धीरज पैसा बाँडफाँडकै लागि साथीहरुलाई लगाएर नाटक मँचन गरेको खुलेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ र वडा नं. १६ को बीचमा पर्ने जलाद पुल नजिकैबाट रकम लुटिएको भन्दै तत्कालै प्रहरीले तीनै जनालाई पनि त्यहीबाट सोधपुछ र अनुसन्धानको लागि नियन्त्रणमा लिएको थियो ।
टिभिएस मोटरसाईकलको शो–रुममा कार्यरत तीनैजनालाई नियन्त्रणमा लिइएको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवम् डिएसपी रामेश्वर कार्कीले जनाएर अनुसार शोरुमको ३ लाख ७६ हजार रुपैयाँ जनकपुरस्थित बैँकमा जम्मा गर्न आउने क्रममा धिरजले रकम पचाउन नाटक मँचन गरेको थियो ।
बिहिबार (आज) जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ कपिलेश्वर बस्ने अन्दाजी बर्ष २१ का छोटु झा र धनुषाको शहिदनगर नगरपालिका वडा नं. ७ ताराटोल बस्ने अन्दाजी बर्ष २१ का सुजित मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको थियो ।
दुवै जनालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त शोरुममा काम गर्ने कर्मचारी धिरज कुमार अधिकारी, सुजित मण्डल र छोटु झाले शोरुमलाई झुक्याएर सो रकम आपसमा बाँडफाँड गर्ने सर्तमा योजना बनाई पैसा लुटेको र छोटुको घरमा लुकाई राखेको अवस्थामा प्रहरीको टोली पुग्दा ३ लाख ५६ हजार रुपैयाँ बरामद गरिएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।
३ लाख ७६ हजार रुपैयाँ भनिएपनि २० हजार रुपैयाँ सो रकमबाट खर्च भएको जनाइएको छ । घटनाको सम्बन्धमा थप अनुसन्थान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…