प्रदेश २ : सव–ईन्जिनीयर र उनका सहयोगी घुस सहित रँगेहात पक्राउ
दुवै जनालाई कलैया उप महा नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको अधिकारीले बताए।

२०७७ साउन ५ सोमबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को बारा जिल्लाबाट एक सव–ईन्जिनीयर र उनका सहयोगीलाई रँगेहात पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराबाट ८० हजार घुससहित दुई जनालाई पक्राउ गरेको हो । जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, कलैयाका सव–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल र उनका सहयोगीलाई आयोगको टोलीले घुससहित पक्राउ गरेको हो।
जैसवालले नदी तटबन्धको जाली लगाउने कार्य सम्पन्न पश्चात रकम भुक्तानी गरिदिए बापत सेवाग्राहीसँग ८० हजार रुपैयाँ घुस रकम माग गरेका थिए।
सेवाग्राहीसँग ८० हजार घुस लिएको रकम सब इन्जिनियर जैसवालले आफ्ना एक सहयोगीलाई दिएर भाग्न खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट खटिएको टोलीले उनीसहित उनका एक सहयोगीलाई समेत पक्राउ गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए।
दुवै जनालाई कलैया उप महा नगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको अधिकारीले बताए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…