लेखापाल नहरमा मृत फेला, सिसिटिभी फुटेजमा यस्तो देखियो !
झोलामा केही वस्तु लिएर हतार–हतार हिड्दैं गरेको राधेमाई टोलकै एक पसलको सीसीटिभी फुटेजमा देखिएको छ ।

२०७७ साउन ३ शनिबार, राति ८:०९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । शुक्रबार देखि नै हराएका वीरगँज स्थितको नेशनल हेल्थ केयरका लेखापाल नहरमा मृत फेला परेका छन् ।
अस्पतालका संजय चौधरी आज गण्डक नहरमा मृत फेला परेका हुन । चौधरीको लास गण्डक चौकदेखि पश्चिमस्थित सुपर ग्याँस नजिकै नहरमा तैरिरहेको अवस्थामा शनिबार (आज) फेला परेको हो ।
बिहान स्थानीयले नहरमा लास तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीमार्फत जानकारी पाए लगत्तै घटनास्थल पुगेका उनका आफन्तले लासको सनाखत गरेका थिए ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ८ पोखरिया स्थायी ठेगाना भएका चौधरी बीरगन्ज महानगरपालिका वडा नं. १३ मा परिवारसहित आफ्नै घरमा बस्दै आएका थिए ।
नेशनल हेल्थ केयरका लेखापाल चौधरी सोही कार्यालयमा कार्यरत श्रीमतीलाई १० मिनेटमा आउँछु भन्दै हिजो करिब बिहान ११ बजे मोटरसाइकलमा बाहिरिएका थिए ।
कार्यालयबाट निस्किएका चौधरी डेरामा पुगेर मोटरसाइकल बाहिर नै राखेर झोलामा केही वस्तु लिएर हतार–हतार हिड्दैं गरेको राधेमाई टोलकै एक पसलको सीसीटिभी फुटेजमा देखिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…