मेयरकै छोरा ५ लाख घुस सहित रँगेहात पक्राउ !
मेयर मण्डलले डीपीआरको काम दिए वापतको कमिसन लिन आफ्ना छोरा सन्तलाई बुधबार लहान पठाएका थिए ।

२०७७ साउन १ बिहीबार, बिहान ८:४५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहामा कमिसन वापत रकम लिँदै गर्दा मेयरका छोरा पक्राउ परेका छन् ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले मेयरका छोरा सहित दुइ जनालाई कमिसन रकम सहित रंगेहात पक्राउ गरेको हो ।
जिल्लाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डलसहित दुई जनालाई कमिसन वापतको ५ लाख रुपैयाँ लिँदै गर्दा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको छ ।
मेयर मण्डलले डीपीआरको काम दिए वापतको कमिसन लिन आफ्ना छोरा सन्तलाई बुधबार लहान पठाएका थिए । सन्तले लहान नगरपालिका वडा नम्बर २२ बाट रकम लिँदै गर्दा उनीसहित स्थानीय जितेन्द्र महतोलाईसमेत पक्राउ गरिएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।
नगरपालिकाले सम्पन्न गरेको डीपीआरको भुक्तानी दिन सेवाग्रहीसँग ५ लाख रुपैयाँ कमिसन लिन मेयर मण्डलले छोरालाई पठाएका थिए। सेवाग्रहीसँग पाँच लाख रुपैयाँ लिइरहेको अवस्थामा सन्तलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले जनाएको छ।
कमिसन रकमसहित छोरा पक्राउ परेपछि अख्तियारको टोलीले मेयर मण्डलसँग सम्पर्क गर्न खोजेको थियो। तर, मेयर मण्डल सम्पर्कमा आउन नचाहेको अख्तियारको टोलीमा सहभागी एकजनाले जनाएका छन्।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…