राष्ट्रिय क्रिकेट प्रशिक्षक सिँहलाई भव्य सम्मान
जनकपुरको दर्जन भन्दा बढी संघ संस्थाले प्रशिक्षकको कार्यको प्रशंसा गर्दै सम्मान गरेका थिए ।

२०७७ असार २७ शनिबार, बेलुकी ५:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा राष्ट्रिय क्रिकेट प्रशिक्षक नवीन सिहलाई सम्मान गरिएको छ ।
प्रशिक्षक पदबाट अवकास पाएपछि सिहलाई जिल्ला क्रिकेट संघ धनुषाले सम्मान गरेको हो ।
क्रिकेट संघले शनिबार जनकपुरमा आयोजना गरेको सम्मान कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले अवकास प्राप्त प्रशिक्षक सिहलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।
जनकपुरमा क्रिकेटलाई जिवन्त बनाउन अहोरात्र सेवा गरेको र अवकास पछि पनि क्रिकेटमा लाग्नका लागि हौशला बढाउन सम्मान गरिएको क्रिकेट संघका उपाध्यक्ष शोभाकान्त पाण्डेले बताए ।
प्रशिक्षक सम्मान कार्यक्रममा मन्त्री यादवले समय अनुकुल खेलकुदको व्यवस्थापन नहुदा राष्ट्रिय खेलकुदमा जनकपुरको प्रभाव घटेको बताए । मुलुकमा भ्रष्टाचार घटनउन पनि खेलकुदको विकास आवश्यक रहेको मन्त्री यादवले बताए ।
क्रिकेट संघले आयोजना गरेको सम्मान कार्यक्रममा जनकपुरको दर्जन भन्दा बढी संघ संस्थाले प्रशिक्षकको कार्यको प्रशंसा गर्दै सम्मान गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…