८ प्रहरी मार्ने विकास दुवेलाई कानपुरमै ईन्काउण्टर !
विकास दुबेलाई भारतको उत्तर प्रदेश प्रहरी हरियाणा र राजस्थानमा खोजी गरेको थियो ।

२०७७ असार २६ शुक्रबार, बिहान ८:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतको कानपुर घटनाका मास्टरमाइण्ड विकास दुवे प्रहरी इन्काउण्टरमा मारिएको खवर भारतीय सँचारमाध्यमहरुले प्रकाशित गरेको छ ।
विहिबार (हिजो) उज्जैनको एक मन्दिरमा आत्मसमर्पण गरेका विकास दुबेलाई उज्जैनबाट युपीको कानपुर ल्याउँदै गर्दा बाटोमै सवारी दुर्घटना भएको जनाइएको छ । समान्य सवारी दुर्घटनापछि भाग्ने प्रयास गरेका दुबेलाई प्रहरीले इन्काउण्टर गरेको खवर प्रकाशित भएको छ ।
एसटिएफको टिमले उनलाई उत्तर प्रदेशबाट ल्याउँदै गर्दा बाटोमा दुर्घटना भएको तथा दुबे भाग्न खोजेपछि उनको पक्ष र प्रहरीबीच भिडन्त भएको क्रममा उनी मारिएको खवर आएको छ ।
विगत एक सातादेखि डिएसपी सहित ८ प्रहरी मार्ने विकास दुवेलाई भारतमा खोजी कार्य तीव्र पारिएको थियो । एक सप्ताहदेखि गायब भएका दुबे विहिबार उज्जैनको महाकाल मन्दिरबाट पक्राउ गरेको थियो । जानकारी अनुसार, दुबे आफैं योजना तहत प्रहरीलाई सरेन्डर (आत्मसमर्पण) गरेको थियो । उनी पक्राउ परेको २४ घण्टाभित्रै मारिएको खवर आएको छ ।
विकास दुबेलाई भारतको उत्तर प्रदेश प्रहरी हरियाणा र राजस्थानमा खोजी गरेको थियो । तर दुबे मध्य प्रदेशको उज्जैनमा भेटाएपछि विहिबार साँझ ७ः३० बजेको समयमा उनलाई महाकालको मन्दिरबाट पक्राउ गरेको थियो ।
प्रहरीले उनलाई पक्राउ गरे लगत्तै विकास दुवेसँग सोधपुछ गरेको थियो । उनको परिचय पत्र मागेपछि दिएनन् । विकास दुवे प्रहरीसँग पनि बहस गरेका थिए । जब उनलाई पक्राउ गरे र लिएर जाँदै थियो त्यतिबेला उनले कराएर भन्दै थिए–“मै विकास दुबे हुँ कानपुर बाला” (म विकास दुबे हुँ कानपुरबाला) भनेर घमण्डी र रिसाहा पारामा बोलेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…