सबै पैसा खर्च भयो, तर छोरा बचाउन सकेजति पहल गरेन : अनिल चौधरीका बुवा
न्यूज ब्यूरो, जनकपुरधाम । कतारमा गोली हान्ने मार्ने मृत्यू दण्ड पाएका (सजाय पुरा) महोत्तरीका अनिल चौधरीका बुवा श्याम चौधरीसँग ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष एवम् एनजिओकर्मी सरोज रायले पैसा खर्च गराएर पनि छोरा बचाउन चासो नलिएको आरोप लगाइएको छ । उमेश बचाउ अभियानमा आफू आफ्नो सम्पति (सिकरी) बेचेर बच

२०७७ असार २४ बुधबार, बेलुकी ६:४४ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कतारमा गोली हान्ने मार्ने मृत्यू दण्ड पाएका (सजाय पुरा) महोत्तरीका अनिल चौधरीका बुवा श्याम चौधरीसँग ग्रोविँग नेपाल फाउण्डेशनका अध्यक्ष एवम् एनजिओकर्मी सरोज रायले पैसा खर्च गराएर पनि छोरा बचाउन चासो नलिएको आरोप लगाइएको छ ।
उमेश बचाउ अभियानमा आफू आफ्नो सम्पति (सिकरी) बेचेर बचाएको भन्दै अनिलका बुवालाई कतार जानको लागि भाडा मागेको र नदिएपछि चासो नलिएको भिडियोमा भनेका छन् ।
गोली हानेर मार्ने मृत्यूदण्ड पाएका अनिललाई गत जेठ ७ गते कतारी प्रशासनले गोली हानेर मृत्यू दण्ड दिएको हो । सो अघि अनिललाई बचाउनको लागि विपन्न उनका आमाबुवाले सबै पक्षसँग हारगुहार गरेका थिए ।
भिडियोमा अनिलका बुबा सरोज रायको बारेमा भन्दै
सोही क्रममा उमेश यादव बचाउ अभियानबाट चर्चामा आएका एनजिओकर्मी सरोज रायलाई समेत उनका बुवाले गुहार लगाएको बताएका छन् । मिथिलाञ्चल एफएमका म्यानेजर मुकेश दुवेले अनिलका बुवासँग गरेको एक भिडियो कुराकानीमा उनले सरोज चासो नलिएको प्रतिक्रिया दिएका छन् ।
अनिल चौधरीको मुद्दा उठेको समयमा उमेश बचाउ अभियान जारी थियो र उमेशकै नाममा लाखौं रुपैयाँ जम्मा भएको थियो । उमेश बचाउको लागि पाकिस्तानी रुपैयाँ ३० लाख (नेपाली २८ लाख र केही बढी) जम्मा गर्नुपर्ने मृतक पाकिस्तानी परिवारलाई उदृत गर्दै रायले फेसबुकमा भनेका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…