ब्यूरो अपरेशन : प्रहरीकै संरक्षणमा यौनधन्दा !
होटल सञ्चालकले मासिक मोटो रकम बुझाएर प्रहरीको ‘मुख बन्द’ गराउँदै आएको स्थानीय बताउँछन् ।

२०७७ असार २२ सोमबार, बेलुकी ६:१६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । प्रहरीकै मिलेमतो र संरक्षणमा होटल, लँज तथा विभिन्न ठाउँमा यौन धन्दा हुने गरेको तथ्य नयाँ होइन ।
प्रहरीले यस्ता कार्य रोकथाम तथा न्यूनिकरणमा लाग्नुपर्नेमा झन प्रहरीले नै साथ दिएपछि अनैतिक क्रियाकलापको अवस्था कहालीलाग्दो छ । सिरहाको गोलबजारका होटल तथा लँजहरुमा पछिल्लो समय खुलेआम यौन धन्दा भइरहेको गुनासो बढेपछि ब्यूरो अपरेशन टिम गोलबजार पुग्यो ।
गोलबजार पुगेर ब्यूरो अपरेशन टिमले विभिन्न होटलको छेउछाउबाट गोप्य निगरानी बढायो । ब्यूरो अपरेशन टिम गोलबजारस्थित मनोज लँज नजिक पुग्यो ।
अपरेशन टिमले त्यहाँका स्थानीयसँग सहयोग लिन खोज्यो । ‘गोलबजारमा यस्ता क्रियाकलाप नौलो होइन, यहाँ प्रहरीकै संरक्षणमा होटलहरुमा यौन धन्दा हुन्छ, अहिले पनि यो होटलमा ५–६ जोडी होला,’ एकजना स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा भने ।
अर्का एकजनाले पनि यस्तै बताए । होटल भित्रको माहोल र हाउभाउ देख्दा पनि उस्तै देखिन्थ्यो । होटल अगाडि नै प्रहरी बिट भएपनि ब्यूरो अपरेशन टिमले ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीसँग समन्वय गर्न खोज्यो ।
त्यहाँका इन्चार्जसमेत रहेका पुरीलाई फोन गरे लगत्तै केहि मिनेटपछि मनोज लँजबाट ४–५ जोडी हत्तारहत्तार निस्केर टाप कसे । त्यसपछि प्रहरीको टोली आयो, होटल खानतलासी गर्यो । तर, उनीहरु त्यतिबेलासम्म भागिसकेका थिए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…