नेपाल कम्युनिष्ट पार्टीले 'भण्डाफोर' गर्ने
जनकपुरधाम, १६ माघ । नेपाल कम्युनिष्ट पार्टी धनुषा जिल्ला कार्य समितिले सँगठन विस्तारको लागि जनजागरण अभियान सुरु गरेका छन् । सोमबार धनुषाधाममा बसेको एकिकृत बैठकबाट ३ महिने एकिकृत जनजागरण अभियानको उद्घाटन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य देव नारायण साहको प्रमुख आतिथ्यमा बसेको बैठकले ३ महिे जनजागरण

२०७४ माघ १६ मंगलबार, बिहान ११:३५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १६ माघ ।
नेपाल कम्युनिष्ट पार्टी धनुषा जिल्ला कार्य समितिले सँगठन विस्तारको लागि जनजागरण अभियान सुरु गरेका छन् ।
सोमबार धनुषाधाममा बसेको एकिकृत बैठकबाट ३ महिने एकिकृत जनजागरण अभियानको उद्घाटन गरिएको हो ।
पार्टीका केन्द्रीय सदस्य देव नारायण साहको प्रमुख आतिथ्यमा बसेको बैठकले ३ महिे जनजागरणबाट स्थानीय तहमा सँगठन विस्तार, पार्टी सुदृढिकण, जनसमुदायमा वैचारिक राजनीतिको रुपमा सचेत पार्ने, देशभरि शान्तिसँगै मोर्चा गर्ने, ध्रुविकरणलाई जोड दिने, दलाल, खुसखोर, भ्रष्टाचारलाई भण्डाफोर गर्ने कार्यक्रमहरु समावेश गरिएको पार्टीका जिल्ला ईन्चार्ज राजु कार्कीद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा जिल्ला सेकेरेटरी अमर सँगै सयौँ कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…