सिरहा : अस्पतालमा कार्यालय सहयोगी नै डाक्टर, चिकित्सक मस्तीमा
जीवनसँग खेलबाड र मजाक गर्ने अधिकार कसैको नरहेको बताउँदै यसप्रति आफै गम्भिर हुने बताए ।

२०७७ असार २० शनिबार, बिहान ९:२१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । सिरहाको एक सामुदायिक अस्पताल कार्यालय सहयोगी (का.स.) को भरमा सँचालन हुँदै आएको छ ।
सिरहाको नरहा गाउँपालिका वडा नं. २ पानबारी स्थित रहेको स्वास्थ्यचौकीमा कार्यालय सहयोगी नै चेकजाँच सहित औषधी वितरण गर्ने गरेको रहस्य खुलेको छ ।
स्वास्थ्यचौकी प्रमुख दिलिप सिँह गोष्ठी तालिममा हुँदा ओपिडी हेर्ने चिकित्सक (एच.ए) प्रदीप यादव आफ्नो डयुटी छाडेर अन्त्यै घुम्न गएपछि कार्यालय सहयोगीलाई जिम्मा लगाएर जाने गरेको खुलेको छ ।
कार्यालय सहयोगी दिलीप कामतीले नै अस्पताल जाने आम नागरिकहरुलाई औषधी वितरण गर्ने गरेको छ । समान्य लेखपढ गरेका कार्यालय सहयोगीले औषधी दिन थालेपछि स्थानीयहरुमा अविश्वास पलाएको छ ।
न्यूज ब्यूरो टिमको अड्डा टु अड्डा कार्यक्रम अन्तर्गत छडके गर्न पुगेका सहकर्मी सबिन यादव नेतृत्वको टिमले अस्पतालको बेतिथि बारे भिडियो समेत लिएका हुन् । सो क्रममा ओपिडी शाखा हेर्ने चिकित्सक प्रदीप यादव क्वारेन्टाइनको डयुटीमा रहेको जानकारी पाएलगत्तै क्वारेन्टाइनमा पुगेका न्यूज ब्यूरो टिमले चिकित्सक यादव क्वारेन्टाइनमा पनि थिएनन् ।
सोही क्रममा अस्पतालका ईन्चार्ज दिलीप सिँहलाई सोध्दा आफू स्वास्थ्य सम्बन्धी तालिम गोष्ठीमा आएकोले ओपिडी हेर्ने प्रदीप यादव पनि डयुटीमै हुनुपर्ने प्रतिक्रिया दिए । तर, यादव भने डयुटिमा थिएनन्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…