पर्सा र रौतहटबाट अवैद्य रकम सहित २ जना पक्राउ
नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

२०७७ असार १८ बिहीबार, बिहान ७:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, प्रदेश २ । प्रदेश नं. २ को विभिन्न जिल्लाबाट अवैद्य रकम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीबल बोर्डर आउट पोस्ट भिखमपुरले पर्साको सिमावर्ती जटरनाथपुर गाउँपालिका वार्ड २ दसौता बाट २ लाख नेपाली रुपैयाँ समेत मोटरसाइकल सवार एक जना लाई पक्राउ गरेको छ।
भारत बाट लुकाई छिपाई नेपाली रुपैयाँ लिएर आरहेको अवस्था मा सिमा नाका मा खटिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भिखमपुरको टोलीले मोटरसाइकल रोकी चेकजाच गरेपछी २ लाख नगद रुपैयाँ बरामद भएको सशस्त्र प्रहरी निरिक्षक किशमान तमाङ ले जनाए का छन।
बरामद भएको नेपाली नोट को स्रोत नखुलेको सप्रनि तामाङ ले जनाए को छ। नेपाली रुपैयाँ को साथमा पक्राउ पर्नेमा धोबिनी गाउँपालिका वार्ड नं १ पिपरा गाउँ निवासी २० वर्षिय जयप्रकाश पटेल रहेको छ। ना २१ प ९४३१ नम्बर को मोटरसाईकल पक्राउ गरिएको सशस्त्र ले जनाए को छ।
पक्राउ परेका नगद रुपैयाँ ,मोटरसाइकल ,र युवक लाई ईलाका प्रहरी कार्यालय पोखरिया मा बुझाएको छ। नेपाली नोट ५० रुपैयाँ को दर को ४००० थान रहेको प्रहरी ले जनाए का छन।
यस्तै, प्रदेश प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको गस्ती टोलीले रौतहटको गौर नगरपालिका वडा नं. २ महादेवपट्टी बाट पनि श्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेको छ ।
त्यहाँ स्थित सडकमा चेकजाँच गर्ने क्रममा महादेवपट्टी तर्फबाट गौर तर्फ आउदैं गरेको नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उक्त मोटरसाईकलको बाँया तर्फको लेगगार्डमा झुण्डयाएको नाईलनको झोलामा उक्त रकम फेला परेको हो ।
झोला भित्र स्रोत नखुलेको विभिन्न दरको नेपाली रकम १० लाख एक हजार रुपैयाँ फेला परेको जनाइएको छ । उक्त रकम र मोटरसाईकल बरामद गरी मोटरसाईकल चालक रौतहटको गौर नगरपालिका वडा नं. २ निबासी अभिनाष जैसवाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…