धान दिवस नारामा सिमित हुनु भएन : उपमेयर भुजेल
न्युज ब्युरो ,जनकपुरधाम । धनुषाको धाम नगरपालिकामा नगरकी उप प्रमुख विद्या देवी भूजेलले धान दिवस मात्र नारामा सिमित नगर्न आग्रह गरेकी छन् । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ मंगलपुर स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड धनुषा गोबिन्दपुर द्वारा आयोजित १७ औ धान दिवस कार्यक्रममा प्रमुख अतिथिको आ

२०७७ असार १६ मंगलबार, दिउँसो १:३५ बजे१ मिनेट पढाइ

न्युज ब्युरो ,जनकपुरधाम । धनुषाको धाम नगरपालिकामा नगरकी उप प्रमुख विद्या देवी भूजेलले धान दिवस मात्र नारामा सिमित नगर्न आग्रह गरेकी छन् ।
धनुषाको धनुषाधाम नगरपालिका वडा नं. २ मंगलपुर स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड धनुषा गोबिन्दपुर द्वारा आयोजित १७ औ धान दिवस कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले स्थानीय किसानलाई उर्जावान बन्न आग्रह गरिन् ।
वर्षमा आउने एक दिन असार १५ गते धान दिवस मनाइएपछि किसानहरुको लागि हरेक दिन धान दिवसको रहेको बताउँदै उनले देशको मूल अन्नदातालाई सरकारले अझै प्रोत्साहनको आवश्यकता औल्याइन् ।
साना किसान कृषि सहकारी संस्थाका संचालक समिती अध्यक्ष फिरन यादवको अध्यक्षतामा मनाइएको धान दिवसमा किसानहरुलाई लगनशिलताका साथ लाग्न आग्रह गर्दै आगामी आर्थिक वर्षमा किसानहरुको लागि सुविधा थपिएको जानकारी पनि दिइन् ।
“हामी यसपालिको योजनामा किसानहरुको टेवा पुगोस भन्ने बिशेष प्याकेज राखेका छौ। आवश्यकता अनुसार मलखाध ब्यबस्थान लागि पहल गरिने कृषि शाखा द्वारा हामी विभिन्न कार्यक्रम गर्दछौ ।”– उनले भनिन् ।
कार्यक्रममा साना किसान कृषि सहाकारीको प्रबन्धक राजकुमार साह लगायत स्थानीय किसानहरुको उपस्थितमा कार्यक्रम गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…