सिरहा आईपुग्यो 'सलह किरा'
न्यूज ब्यूरो, सिरहा । बालीनालीमा महामारी निम्त्याउन सकिने सलह किरा प्रदेश नं. २ को सिरहा पनि आईपुगेको देखिएको छ । सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ११ को डोकहा टोलमा सहल किरा देखिएको हो । स्थानीयहरुले विहान चौरमा घुम्न जाँदा सलह किरा देखिएको हो । सुरुमा हावाको मोडसँगै प्रदेश नं. २ को बारा र

२०७७ असार १५ सोमबार, बिहान ९:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । बालीनालीमा महामारी निम्त्याउन सकिने सलह किरा प्रदेश नं. २ को सिरहा पनि आईपुगेको देखिएको छ ।
सिरहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं. ११ को डोकहा टोलमा सहल किरा देखिएको हो । स्थानीयहरुले विहान चौरमा घुम्न जाँदा सलह किरा देखिएको हो ।
सुरुमा हावाको मोडसँगै प्रदेश नं. २ को बारा र रौतहटमा देखिएको सलह किरा विस्तारै नेपालको विभिन्न स्थानमा पुगेको विज्ञहरुले पुष्टि गरेको छ ।
सलह किरा बालीनालीको लागि महामारी मानिएको छ । यता, प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलैन्द्र साहले सलह किराबाट जोगिन घरेलु उपाय अपनाउन आग्रह गरेका छन् ।
उनले किरा धपाउन ढोल बजाउने, थाली बजाउने, धुँवा गर्ने, सम्बन्धित ठाउँमा आगो बाल्ने तथा प्रकृति सिकारीको रुपमा हाँस, माकुरो र मासुली (गिरगिट) को प्रयोग गर्न आग्रह गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…