'महतो' विदेशी एजेन्टको खतरनाक जासुस : डा. सिके राउत
२०७० सालमा कैलाश महतो विदेशी शक्तिबाट ५ लाख लिएर चुनाव लडेका थिए।

२०७७ असार १४ आइतबार, बिहान ९:१६ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले जनमत पार्टी छाडेका कैलाश महतो र उनका टिम जासुसी गरेको आरोप लगाएका छन् ।
शनिबार जनमत पार्टी छाडेका कैलास महतोले पहिलेदेखि नै पार्टीको गोप्य दस्ताबेज, गोप्य सूचनाको जासुसी गर्दै आएको डा. राउतले आफ्नो अधिकारीक फेसबुक पेजमा लेखेका छन् ।
महतोको नेतृत्वमा केही जनाले पार्टी छाडेपछि पार्टीको सचिवालयले जारी गरेको एक प्रेस विज्ञप्तिमा कैलाश महतोले ९० जना पार्टीका नेतालाई भारतमा पक्राऊ गराउने तरखरमा रहेको आरोप लगाउँदै त्यही दिनदेखि घूसपैठ गरिएको पहिचान भएर आन्तरिक रूपमा उसलाई कहिले “कोरटीम” मा नराखिएको स्पष्ट पारेको छ ।
तत्कालिन स्वतन्त्र मधेश गठबन्धनबाट मधेशलाई अलगै देश बनाउने मिशन सहित सँचालन गरिएको २०७४ सालमा गठबन्धनमाथि लगभग पूर्ण प्रतिबन्ध लागेको बेला सरकारले बैठकसम्म बस्न दिइराखेको थिएन। दुई वर्ष हुन लागेको थियो बैठक न बसेको। अन्तिममा केन्द्रिय नेताहरूले जसरी पनि बोर्डर क्रस गर्ने, भारतमा तीर्थयात्राको लागि बिहारको 'गयाु' जाने र चलिराखेको रिजर्वड बस वा धर्मशाला भित्रै राष्ट्रिय परिषद्को बैठक गोप्य तरिकाले गर्ने योजना थियो। तर ४/५ जना नेतामा मात्र सिमित रहेको त्यो अतिगोप्य र संवेदनशील सूचना २–३ दिनमै दरभंगामा रहेको भारतीय एजेन्टलाई कैलाश महतोले भेटेर सशस्त्रको “नक्सलवादी” समूहको आरोपमा भारतबाटै गठबन्धनका ८०/९० जना सबै नेतालाई पक्राऊ गराउने योजना बनाएको स्पष्ट गरिएको छ ।

सचिवालयको विज्ञप्तिमा भनिएको छ– “तपाईंलाई पत्यार छैन भने कैलाश महतोको २०७४ सालको कल डिटेल्स निकालेर हेर्नुस्। यही कारणले डाा. साहबले बरू नेपालमा जेल जान रोजे, तर भारतमा गएर कुनै बैठक वा गतिविधी गरेनन्। सो कुराको सूइंको पाए पछि डा. साहबले अन्तिम समयमा भारतमा हुने भनिएको त्यो बैठकनै स्थगित गरेको थियो। त्यो राष्ट्रिय परिषद्को बैठक नै हुन सकेन।”
गत २०७४ सालको अन्तिममा चैत १–२ गते अति नै गोप्य तरीकाले राष्ट्रिय परिषद् सिरहामा गरिएको र सहभागीहरूलाई बैठक कुन शहरमा हुने ठाउँको पतो पनि नदिएर २०–३० किलोमीटर पर नै मोबाइल र सरसामान खोसेर गोप्य तरीकाले ल्याइएको उल्लेख गरिएको छ ।
संगठनमा घूसपैठ गरेर यो षडयन्त्र रच्ने र सशस्त्र समूहसँग जोडिदिने त्यतिबेलापनि केही व्यक्तिहरूको पर्दाफाश भएको थियो र अझै पनि केही व्यक्तिहरू पर्दापछाडि नै रहेको बताउँदै तिनीहरूको रहस्य पनि उद्घाटन आफैं हुँदै जाने बताइएको छ ।
२०७१ सालमा जतिबेला डा. सिके राउत जेलमा थिए, त्यतिबेला कैलाश महतो कहिले मातृका यादव समूह त कहिले तमरा अभियान चहारेको आरोप पनि लगाइएको छ । पछि जेलबाटै पद दिए पछि मात्रै लागेको हो । एमाले, फोरम, सद्भावना सबै हुँदै कुन पार्टी जान उनले नछाडेको उल्लेख गरिएको छ ।

गठबन्धन जतिबेला फिल्डमा बेस्सरी मेहनत गर्दैथियो, त्यतिबेला २०७० सालमा कैलाश महतो विदेशी शक्तिबाट ५ लाख लिएर चुनाव लडेका थिए।
केन्द्रिय समितिको निर्णयको फोटो खिंचेर विरोधी पार्टीहरूसँग सांठगांठ गरी निर्वाचनको समयमा त्यसलाई कुप्रचार गर्न लगाएर निर्वाचनमा हराउने प्रपञ्च गरेको यिनकै धूसपैठिया टीम र यही केन्द्रिय सदस्यहरूले गरेको भनिएको छ ।
काठमाडौंमा २०७६ साल मंसीर ७ गते आमसभा हुन नदिन अनेकौं षडयन्त्रहरू गरेको थियो। केही स्वयंसेवकहरूले उनको फोन रेकर्डिंग नै दिन सक्ने बताईएको छ । गठबन्धनका गोप्य जानकारीहरू दूताबासमा बुझाउँदै आएको। सो विषयमा स्पष्टीकरण माग्दा, “हैन मेरो छोरालाई जसरी पनि दूताबासको स्कलरशीपमा पठाउनु छ, त्यही भएर मैले सूचना दिएको हो, भनेर सीधै भनेको बताइएको छ ।
अहिले आन्दोलनमा “जनमत पार्टी” ले हरेक ठाउँमा “लीड” लिई राख्दा विरोधी पार्टीहरुसँग पैसा लिई सांठगांठ गरेर आन्दोलन तुहाउन सामूहिक राजीनामाको मंचन गरेको बताइएको छ ।
“यथार्थमा यिनीहरू संगठनमा निष्क्रिय नै छन्, त्यसैले संगठनलाई कुनै फरक पर्दैन। खाली हरेक ठाउँका नेता कार्यकर्ताहरू यस्ता खतरनाक घूसपैठिया र जाूससहरूसँग सावधान हुन र संगठनलाई दुरुपयोग गर्न कुनै ठाउँ न दिन अनुरोध छ।”– विज्ञप्तिमा उल्लेख गरिएको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…