सलह किराबाट जोगिन प्रदेश २ सरकारको विशेषज्ञ टोली परिचालन : मन्त्री साह
मरुभूमि क्षेत्रमा यसको प्रकोप बढी हुने हुँदा नेपालमा भने यसको वृद्धि त्यतिसारो नहुने विज्ञहरूको धारणा छ ।

२०७७ असार १३ शनिबार, राति १०:०६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भूमि व्यववस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले सलह किराबाट प्रदेश २ का किसानहरुको बालीनाली जोगाउने हर सँभव प्रयास थालिने बताएका छन् ।
हावाको गति र दिशामा आएको परिवर्तनसँगै सलह कीरा शनिबार बिहानयता नेपाल प्रवेश गरेको भन्दै उनले बालीनालीको क्षति कम गर्न सबै प्रकारको प्रयास गरिने बताएका छन् ।
भारतीय सीमासँग जोडिएका प्रदेश २ का सर्लाही, बारा र पर्सा जिल्लामा शंकास्पद कीराको प्रवेश भएको बारे सूचना प्राप्त भएलगत्तै विज्ञहरूले ती कीरा सलह (डिजर्ट लो कस्ट) रहेको पुष्टि भएको छ ।
रुखसहित अन्नबालीमा क्षति पु¥याउने सलह कीरा नेपाल प्रवेश गर्न सक्ने सम्भावना र अनुमानका आधारमा संघीय कृषि मन्त्रालयसमेतले यसको नियन्त्रणका लागि सहसचिवको नेतृत्वमा समिति गठन गरी कार्ययोजना नै बनाइसकेको मन्त्री साहले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रदेश २ सरकारले समेत केही समयअघिदेखि नै संघीय कृषि मन्त्रालय र स्थानीय निकायहरूसँग निरन्तर सम्पर्क र संवाद स्थापित गरी सलह कीराको अवश्यम्भावी संकट निरूपणका उपायहरूबारे परामर्श गरिरहेको बताउँदै उनले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सरोकारवाला अन्तर्राष्ट्रिय तथा राष्ट्रिय निकाय र विज्ञहरूका सुझावका आधारमा सलह कीरा नियन्त्रणका लागि कार्ययोजना बनाएको बताएका छन् ।
सलह कीराको नेपाल प्रवेश भएको सूचना प्राप्त हुना साथ ययस कीराको उपस्थिति देखिएको क्षेत्रमा प्रदेश २ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशकहरू सहितको टोली स्थलगत अवलोकन तथा निरीक्षण गरी नियन्त्रणका उपायबारे किसानहरूसँग अन्तरक्रिया गरेको बताएका छन् ।
प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सलह कीरा नियन्त्रण गरी बालीनालीको क्षति रोक्न हरसम्भव मद्दत गर्ने प्रतिबद्धता सचिव नेतृत्वको मन्त्रालयको टोलीले दिएको विज्ञप्तिमा उल्लेख छ ।
हावाको दिशा अहिले दक्षिणबाट उत्तरतर्फ भएकाले सलह कीराकोे नेपाल प्रवेश भएको देखिएको छ । शनिबार बिहान ८ बजे प्रवेश गरेको भनिएको यो कीराको उपस्थिति साँझमा समेत देखिएको जानकारी पुष्टि गरेको छ ।
अहिले कीराको संख्या, फैलावट र क्षतिबारे यकिन गर्न नसकिए पनि यसको उपस्थिति न्यून रहेको र प्रदेश २ मा मनसुन सुरु भइसकेकाले यसको थप प्रवेश र फैलावट कम हुने विश्वास गरिएको छ ।
मरुभूमि क्षेत्रमा यसको प्रकोप बढी हुने हुँदा नेपालमा भने यसको वृद्धि त्यतिसारो नहुने विज्ञहरूको धारणा छ ।
मन्त्री साहले कीरालाई लिएर निकै बढी संशय र चिन्ताभन्दा यो कीराले पु¥याउने हानीनोक्सानी नियन्त्रणप्रति सचेत र सतर्क रहन प्रदेशका सम्पूर्ण किसानहरूमा आग्रह समेत गरेका छन् ।
कीरालाई बालीनाली र रुखविरुवा भएका क्षेत्रबाट धपाएर चरण क्षेत्रमा पठाउन सकिए क्षति न्यूनीकरण गर्न सकिने हुँदा कीरालाई धपाउन थाल, ड्रम आदि ठटाउने जस्ता उपायका साथै विषादी छर्कन समेत किसानमा आग्रह गरिएको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…