प्रदेश २ः लाखौंको सँख्यामा सलह किरा देखिए, कृषि मन्त्रालयको ईमरजेन्सी बैठक (भिडियो सहित)
यसका अलवा पनी ठुलो आवाजको सहयोगमा पनि किरा धपाउन सकिने उनले बताए ।

२०७७ असार १३ शनिबार, दिउँसो १:०५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कृषि क्षेत्रमा अनिकाल नै ल्याउने सलह किरा नेपाल भित्रिएको छ । नेपालको प्रदेश नं. २ को बारा जिल्लामा हजारौंको सँख्यामा सलह किरा देखिएको छ ।
अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा जस्तै देखिने फट्याङ्ग्राको एक प्रजाती बारामा फेला परेको छ ।
लाखौंको संख्यामा रहने र हरीया बनस्पती सखाप पार्ने उक्त प्रजाती बारामा फेला परेको कृषि ज्ञान केन्द्र बारा प्रमुख जितेन्द्र यादवले बतााए । संघ सरकार अन्तरगतको कृषि मन्त्रालय प्रकोप समितिका संयोजक सहदेव हुमागाईले यस्को पुष्ठि गरेको उनले जानकारी दिए ।
किसानहरुले ठुलो संख्यामा किराहरु देखेको गुनासो गरेपछी ज्ञान केन्द्रका प्रमुख यादवले उक्त प्रजातीको तस्वीर सहित प्रकोप समितिमा जानकारी गराएका थिए । तस्वीरका आधारमा बारामा भेटिएको फट्याङ्ग्रा सलह नै भएपनी कुन प्राजातीको हो भन्ने यकिन भइनसकेको ज्ञान केन्द्रका प्रमुख यादवले बताए ।
हाल जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका तथा निजगढ नगरपालिकाका किसानले यस्तो प्रजाती देखिएको बताएका छन् । बारा लगायत पर्सा र सर्लाहीमा पनि देखिएको जानकारी आफुले पाएको उनले बताए ।
नेपालमा यो किराले बाली नाली नष्ट गर्ने भएपनी यसकोे उत्पादन र वृद्धि हुने संभावना कम रहेको ज्ञान केन्द्र प्रमुख यादवको भनाई छ । यो किराको उत्पादन र वृद्धि मरुभुमिमा हुने भएकाले नेपालमा प्रभाव लामो समय नरहने आँकलन गरिएको उनले बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…