जनकपुरः ढल्केवरका ईन्स्पेक्टर कार्की ठेकेदार बचाउन खोज्दै
आक्रमणको प्रयास गरेको राती नै उनको घर फोडेर मोटरसाईकल समेत लगेको छ ।

२०७७ असार १३ शनिबार, बिहान ६:३८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको ईलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) तीर्थ कार्कीले ठेकेदारलाई बचाउन खोजिरहेको आरोप लगाइएको छ ।
गत साताको सोमबार पत्रकार मुकेश ठाकुरले अवैद्य उत्खननको बारेमा रिपोर्टिँग गर्न जाँदा नेपाली काँग्रेस पार्टी निकट रहेको ठेकेदार बिजेन्द्र सिँहले हमला गराउने प्रयास गरेका थिए ।
असार महिनादेखि खोलाहरुमा उत्खनन कार्य बन्द हुने भएपनि ओम सत्य साई कन्सट्रक्सनका सँचालक समेत रहेका ठेकेदार सिँहले राजनीतिक आडमा चारनाथ खोलालाई बर्बाद पारेका छन् ।
सोही सन्दर्भमा स्थलगत रिर्पोटिँगको लागि खोला गएको बेला न्यूज ब्यूरोकर्मी ठाकुर उपर ठेकेदार सिँहका कुण्डले मुण्डले गुण्डाहरुले आक्रमणको प्रयास गरेका थिए ।
त्यतिबेला फोन गरेको करिब १ घण्टापछि पुगेको ढल्केवरका ईन्सपेक्टर तीर्थ कार्कीले समेत आक्रमण गर्न खोज्ने गुण्डाहरुलाई पहिचानेका थिए । पत्रकार ठाकुरलाई लखेटदा ईन्सपेक्टर कार्की पनि ठाकुर सँगै थिए भने उनले उनी सबैको अनुहार देखेका थिए ।
तर, शुक्रबार त्यहाँबाट केही निर्दोष व्यक्तिहरुलाई समातेर ल्याई अनाहकमा फँसाउन खोजेको आरोप लगाईएको छ । गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ का केही सर्वसाधारणलाई समातेर ईलाका प्रहरी कार्यालय ढल्केवरमा लगिएको थियो ।
स्थानीयहरुले उनीहरुको कुनै सँलग्नता नभएको प्रतिक्रिया दिएका छन् । केही बेरपछि ईन्सपेक्टर कार्कीले उनीहरुलाई छाडेका थिए । जबकी, कार्कीले उनीहरुलाई आफैं देखेका थिए ।
आक्रमणको प्रयास गरेको राती नै उनको घर फोडेर मोटरसाईकल समेत लगेको छ । मोटरसाईकल अझै फेला पार्न सकिएको छैनन् । यस बारे ठेकेदार सिँहसँग सम्पर्क भने हुन सकेनन् ।
नेपाली सेनाको बन्दै गरेको बाँध निर्माणको निहुँमा अवैद्य रुपमा बालुवा गिट्टी उत्खनन गरिरहेको बेला पत्रकार ठाकुर रिर्पोटिँग गर्न जाँदा ईन्सपेक्टरलाई पनि खवर गरेको थियो । ढल्केबरबाट बढीमा १५ मिनेट खोला जाने लाग्ने ईन्स्पेक्टर हमलाको प्रयासपछि मात्र त्यहाँ पुगेपछि शंका उत्पन्न भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…