चटयाँग (ठन्का) लागेर ८३ जनाको मृत्यू !
न्यूज ब्यूरो, पटना । तीव्र गतिको हावाहुरीसँगै आएको चटयाँग (ठन्का) लागेर भारतको विहारमा ८३ जनाको मृत्यू भएको छ । भारत विहार राज्यको पूर्वी उत्तर प्रदेशमा मौसमले हाहाकार मच्चाएपछि ८३ जनाको ज्यान गएको हो । आज आएको हावाहुरी र चटयाँगले उनीहरुको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ । बिहारको गोपाल

२०७७ असार ११ बिहीबार, राति ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, पटना । तीव्र गतिको हावाहुरीसँगै आएको चटयाँग (ठन्का) लागेर भारतको विहारमा ८३ जनाको मृत्यू भएको छ ।
भारत विहार राज्यको पूर्वी उत्तर प्रदेशमा मौसमले हाहाकार मच्चाएपछि ८३ जनाको ज्यान गएको हो । आज आएको हावाहुरी र चटयाँगले उनीहरुको मृत्यू भएको भारतीय सँचारमाध्यमहरुले जनाएको छ ।
बिहारको गोपालगंजमा १३ जनाको ज्यान गएको छ भने नेपालको सीमासँगै रहेको मधुवनी जिल्लाको ७ जनाको मृत्यू भएको छ ।
यसका साथै मुजफ्रपुरमा पनि चटयाँग लागेर कैयौ घर, भवनहरुमा आगलगी भएको छ भने लाखौंको सम्पति जलेर नष्ट भएको छ । सोही आगोमा परेर आधा दर्जन व्यक्तिहरु जलेका छन् ।
यसका साथै बिहारकै समस्तीपुरमा मुसलेधार बर्षाका कारण दुई बेग्ला बेग्लै ठाउँमा चटयाँग लागेर २ जनाको मृत्यू भएको छ । उत्तर प्रदेश राज्यमा पनि हावाहुरी र चटयाँग लागेर ९ जनाको मृत्यू भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…