रञ्जना हत्या काण्ड : श्रीमान, जेठाजु र जेठानी पक्राउ
नेहा झा जनकपुरधाम, १५ माघ । जनकपुरकी रञ्जना शर्माको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका–२ की रञ्जनाको हत्या गरेको अभियोगमा उनका श्रीमान आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र उनकी श्रीमती रिकुकुमारी शर्मा पक्राउ परेका हुन् । दाइजो लगायतक

२०७४ माघ १५ सोमबार, बेलुकी ५:४७ बजे१ मिनेट पढाइ

नेहा झा
जनकपुरधाम, १५ माघ ।
जनकपुरकी रञ्जना शर्माको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले पोखराबाट तीन जनालाई पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–२ की रञ्जनाको हत्या गरेको अभियोगमा उनका श्रीमान आनन्द मोहन शर्मा, जेठाजु अरविन्द ठाकुर र उनकी श्रीमती रिकुकुमारी शर्मा पक्राउ परेका हुन् ।
दाइजो लगायतका निहुँमा गत मंसिर ८ गते २२ बर्षीया रञ्जनाको घरमै हत्या गरिएको थियो । धनुषा प्रहरीको पत्रका आधारमा उनीहरुलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । हत्यापछि उनीहरु लुकेर बसेका थिए ।
यसअघि प्रहरीले हत्यामा रञ्जनाका ससुरा देवनारायण ठाकुर र सासु सुमित्रादेवीको मात्र संलग्नता रहेको भन्दै अन्यलाई पक्राउ गरेको थिएन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…