धारिलो हतियारले गार्डको हत्या
काठमाडौँ, १५ माघ । धारिलो हतियार प्रहार गरी काठमान्डौँमा एक सुरक्षागार्डको हत्या गरिएको छ । काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको हो । इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या

२०७४ माघ १५ सोमबार, बिहान १०:३० बजे१ मिनेट पढाइ

काठमाडौँ, १५ माघ । धारिलो हतियार प्रहार गरी काठमान्डौँमा एक सुरक्षागार्डको हत्या गरिएको छ ।
काठमाडौँको मच्छेबहालमा गएराति धारिलो हतियार प्रयोग गरी एक सुरक्षागार्डको हत्या गरिएको हो ।
इस्टवेस्ट सेक्युरिटजमा सुरक्षा गार्डका रुपमा कार्यरत दोलखा मावापौवा–२ का तुलबहादुर तामाङको ड्युटीमै रहेका बेला हत्या भएको काठमाडौँ प्रहरीले जनाएको छ ।
असन र इन्द्रचोक बीचमा पर्ने मच्छेबहालमा अचेत अवस्थामा फेला परेका तामाङलाई प्रहरीले ट्रमा सेन्टर पु¥याएलगत्तै मृत्यु भएको थियो ।
तामाङको टाउकोमा धारिलो हतियारले काटिएको र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । सिसी टिभी फुटेजका आधारमा हत्यामा संलग्नको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।
मोसा ठक्करले एक जनाको मृत्यू
यसैगरी गए राति नै मीनभवनमा मोटरसाइकलको ठक्करबाट दोलखा सामाकोशी–२ का ५० वर्षीय ध्रुव कार्कीको मृत्यु भएको छ ।
कार्कीलाई मीनभवन क्याम्पसअगाडि बा ९० प ६०६४ नंको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका कार्कीको न्यूरो अस्पताल बाँसबारीमा मृत्यु भएको महानगरीय प्रहरी परिसर नयाँ बानेश्वरले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…