सरकारमा जान्छौ, तर यो शर्तमा : उपेन्द्र यादव
काठमान्डौँ, १५ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने सँकेत जाहेर गरेका छन् । नेकपमा एमालले सँविधान सँशोधनको लागि शर्त मानेपछि सरकारमा जानको लागि आफूहरु तयार रहेको जिकीर गरेका छन् । सरकारमा सहभागी हुनको लागि संविधान संशोधन प्रमुख शर्त र क्राइटएरिया अनिवार्य भएको बताएक

२०७४ माघ १५ सोमबार, बिहान १०:१९ बजे१ मिनेट पढाइ

काठमान्डौँ, १५ माघ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारमा जाने सँकेत जाहेर गरेका छन् ।
नेकपमा एमालले सँविधान सँशोधनको लागि शर्त मानेपछि सरकारमा जानको लागि आफूहरु तयार रहेको जिकीर गरेका छन् ।
सरकारमा सहभागी हुनको लागि संविधान संशोधन प्रमुख शर्त र क्राइटएरिया अनिवार्य भएको बताएका छन् ।
संविधान संशोधनका लागि माओवादी र कांग्रेस विगतमा नै तयार रहेको उल्लेख गर्दै उनले भने, ‘ अब एमालेको धारणा आउनु पर्छ ।’
‘बल एमालेको कोर्टमा छ, एमालेभित्र पनि केपी ओलीजीको कोर्टमा बल छ, कसले गोल हान्नुहुन्छ हेर्न बाँकी छ ’ आईतवार रिपोर्टर्स क्लवमा आयोजित साक्षात्कार कार्यक्रममा भने, एमालेले विश्वासिलो ढंगले संविधान संशोधनको लागि तयार भए हामी सरकारमा सहभागि हुन्छौ ।’
एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र, फोरम नेपाल र राजपा नेपालको सहभागिता भए संविधान संशोधनका लागि दुई तिहाई बहुमत पुग्न कठिनाई हुने र्छैन् । संविधान संशोधनप्रति नेपाली काँग्रेस सकारात्मक रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…