जनकपुरः खोला उत्खननमा प्रहरीको सेटिँग, पत्रकार उपर सामुहिक हमलाको प्रयास !
अनि प्रहरीको पनि मिलोमत्तो भएको भनेर शंका लाग्यो ।

२०७७ असार ८ सोमबार, राति १०:३१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विभिन्न ठाउँबाट हुने उत्खनन स्थानीय प्रहरीको मिलामतोमा हुने गरेको छ ।
सोमबार दिउँसो धनुषाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं. ४ चारनाथ खोलामा भइरहेको अवद्यै उत्खनन बारे रिपोर्टिँग गर्न जाँदा न्यूजब्यूरोकर्मी उपर हमलाको प्रयास भएको छ ।
ब्यूरोकर्मी मुकेश ठाकुर उपर अवैद्य उत्खननकर्ताको लठैतहरुले पत्रकारद्धय ठाकुर उपर हमलाको प्रयास गरेका थिए । त्यसअघि प्रहरीलाई जानकारी गराएपनि त्यहाँ गएको थिएनन भने हमलाको प्रयासपछि मात्र फोन गरी सोधेपछि शंका उत्पन्न भएको हो ।
जँगलको बाटो भएर पत्रकार ठाकुर सहितको न्यूज ब्यूरो टोलीले स्टीँग अपरेशनमा जाँदा उत्खनन गर्ने ठेकेदारलाई जानकारी भइसकेको थियो । त्यसअघि हाम्रो टिमले मात्र ढल्केवर प्रहरीलाई खवर गरेको थियो ।

सो क्रममा ढल्केवर प्रहरीका एक घुमुवालाई अवस्थाबारे जानकारी गराएको झण्डै १ घण्टापछि र ठेकेदारका लठैतहरुले लखेटेपछि मात्र घुमुवाको फोन आएको ब्यूरोकर्मी ठाकुरले बताएका छन् ।
उनले भने,–“खोलमा असार मसान्तमा उत्खनन बन्द गरिन्छ । प्रशासनले पनि उत्खननको अनुमति दिदैन तर, उनीहरु बाँध बनाउने निहुँमा १२ वटा ट्रिपर, स्काभईभेटर, जेसिबी सहित उत्खनन गर्दै गरेको देखिए । मैले भिडियो खिचेर राखेको छु, उनीहरुलाई पहिले कसैले भनेको थियो । उनीहरुलाई कसरी थाहा भयो ? यो शंका छ ।”


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…