हरियो सागसब्जी र माछामासुको भाउ बढयो
ग्रामीण क्षेत्रमा पानी मिसाएको मासु प्रतिकिलो रु ७ सय र पानी नमिसाएको प्रतिकिलो रु ८ सयमा बिक्री भइरहेको छ।

२०७७ असार ७ आइतबार, बिहान ८:५२ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, बारा । लकडाउन खुलेसँगै हरियो तरकारी र माछामासुको दरमा वृद्धि भएको छ ।
चैत ११ गतेदेखि सुरू भएको लकडाउनको करिब तीन महिना अवधिमा हरियो तरकारीको दर सस्तो भएको थियो ।
लकडाउनको सुरुवातमा हरियो तरकारी बोडी, घिरौंला, रामतोरीया, करैला, बन्दा, काउली, गोलभेंडा, खुर्सानी, परवल आदि रु १० देखि ३० प्रतिकिलो थियो।
बाह्य जिल्ला र स्थानीय तहमा पनि एक ठाउँबाट अर्को ठाउँ जान नसक्दा हरियो तरकारी निकै सस्तो भएको थियो। पर्सा बारामा उत्पादित तरकारी बाहिर नजाँदा वीरगंजलगायत जिल्लाका ग्रामीण क्षेत्रमा पनि निकै सस्तो भएको थियो। असार १ गतेदेखि लकडाउन खुलेसँगै हरियो तरकारी महँगो हुँदैछ।
बाह्य जिल्ला र स्थानीय तहमा पनि एक ठाउँबाट अर्को ठाउँमा ढुवानी सहज भएको कारण हरियो तरकारी बाहिरिएपछि महँगो भएको हो।
वीरगंज तरकारी तथा फलफूल व्यवसायी सङ्घका अध्यक्ष विदुर गुप्ताले ढुवानी सहज भएपछि तरकारी महँगो भएको बताएका छन। माछामासु महँगो लकडाउन सुरू भएपछि सस्तो भएको कुखुरा अहिले महँगो हुँदैछ। लकडाउनको कारण माछामासु बिक्रीमा रोक लागेपछि पर्सामा रहेका करीब ५ सय कुखुरा फार्ममध्ये आधा बन्द भएका थिए।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…