सातजना फुटबल फयानको हत्या
मेक्सिको, १५ माघ । मेक्सिकोमा फुटबल खेल हेरिरहेकाव्यक्तिलाई लक्ष्यगरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ । अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो हो । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोन्ट
२०७४ माघ १५ सोमबार, बिहान ९:४८ बजे१ मिनेट पढाइ

मेक्सिको, १५ माघ । मेक्सिकोमा फुटबल खेल हेरिरहेकाव्यक्तिलाई लक्ष्यगरी गोली प्रहार हुँदा कम्तीमा सात जना खेलप्रेमीको मृत्यु भएको छ ।
अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार यो घटना अघिल्लो वर्ष २५ हजार जनाको हत्यापछिको पहिलो हो ।
देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने औद्योगिक क्षेत्रको रुपमा रहेको मोन्टेरिया लगायतका नगरहरुमा गतवर्ष भएका हिंसामा २५ हजार जनाको ज्यान गएको थियो ।
टोपी लगाएका कम्तीमा चार जना बन्दुकधारी फुटबल हेरिरहेको एक घरभित्र छिरेर गोली हानेका थिए ।
फुटबल हेरिरहेका २० जनालाई उनीहरुले मार्ने चेतावनी दिएको स्थानीय अधिकारीहरुले एएफपीलाई जानकारी दिएका छन् ।
पछिल्ला वर्षहरुमा मेक्सिको सिटीमाजस्तै मोन्टेरियामा पनि लागुऔषधजन्य हिंसाका घटनाहरु बढ्दै गइरहेको पाइएको छ ।
सन् २००६ मा सरकारले लागुऔषध विरुद्धको विवादास्पद सैन्य कारबाही चलाएको थियो । तर पनि यहाँ हिंसाको अन्त्य हुन सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…