एडेनमा दुईतर्फ झडप, कम्तिमा १५ जनाको मृत्यु
यमन, १५ माघ । यमनको बन्दरगाह शहरमा सरकारी सेना र दक्षिणी सङ्क्रमणकालिन परिषद् सम्बद्ध शक्तिबीच आइतबार भएका शसस्त्र झडपमा परी दुवैपक्षका गरी कम्तिमा १५ जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ । मृतकमध्ये तीन जना सामान्य नागरिक परेका अस्पतालले जनाएको छ । घटनामा दर्जनौँ घाइते भएका बताइएको छ । विद्रो
२०७४ माघ १५ सोमबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ

यमन, १५ माघ । यमनको बन्दरगाह शहरमा सरकारी सेना र दक्षिणी सङ्क्रमणकालिन परिषद् सम्बद्ध शक्तिबीच आइतबार भएका शसस्त्र झडपमा परी दुवैपक्षका गरी कम्तिमा १५ जनाको मृत्यु भएको अस्पताल स्रोतले बताएको छ ।
मृतकमध्ये तीन जना सामान्य नागरिक परेका अस्पतालले जनाएको छ । घटनामा दर्जनौँ घाइते भएका बताइएको छ ।
विद्रोहीले आह्वान गरेको ‘शान्तिपूर्ण प्रदर्शन’मा रोक लगाउन सरकारले गरेको कडा निर्देशनलाई पालना नगरेपछि साउदी अरब गठबन्धन अन्तर्गतको सरकारी सेना र विद्रोहीबीच खोरमास्कर क्षेत्रमा झडप भएका थियो ।
घण्टौँ लामो शसस्त्र झडपपछि एडेनलाई विद्रोहीले कब्जामा लिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
एएफपी
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…