प्रवासी नागरिकलाई निःशुल्क नेपाल फर्काउनुपर्छ : प्रवक्ता ठाकुर
विदेशमा रहेका प्रवासी नेपाली नागरिकहरुले देशको अर्थ व्यवस्था उकास्न योगदान दिँदै आएका छन् ।

२०७७ असार २ मंगलबार, राति ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, युएई । विदेशमा रहेको मधेशीहरुको छाता सँगठन गैर आवासीय मधेशी सँघ (एनआरएमए) का प्रवक्ता सुजित कुमार ठाकुरले सरकार प्रवासी नागरिकलाई फर्काउन चर्को भाडा असुलेको आरोप लगाएका छन् ।
सँघद्धारा जारी गरिएको एक प्रेस विज्ञप्तिमा बिकट परिस्थितिमा जेलिएका असहाय कामदारहरुसंग घर फर्किनका लागि असूल गरिन लागिएको चर्को महशुल अमानवीय भएको बताइएको छ ।
“यसरी वैदेशिक रोजगारमा रहेका पीडित नागरिकहरु संग लिने भनिएको ३–४ गुना बढी भाडा दर, क्वारंटाइन को खर्च , कोरोना टेस्टको खर्च सबै जोड्दा विदेशी धरतीमा सामान्य मजदूरी गर्ने अधिकांश नागरिकहरुको क्षमता भन्दा धेरै रहेको कुरा स्वतः स्पष्ट छ्र यस्तो प्रतिकूल परिस्थितिमा पीडितहरुमाथि स्नेहलेप लगाउने आवश्यकता रहेको तर सरकारले झन मानशिक र आर्थिक दबाब दिने कोशिश गरेको प्रतित हुन्छ्र ।”– विज्ञप्तिमा उल्लेख छ ।
सरकारको निर्णय प्रति आपत्ति जनाउँदै सँघले अमानवीय कदम भएको भन्दै विरोध समेत गरेको छ । सँघले सरकारलाई त्यस्ता निर्णय फिर्ता लिएर पीड़ित सबै नागरिकको निःशुल्क सुरक्षित घर फर्किने व्यवस्था गर्न माग गरेको हो ।
विदेशमा रहेका प्रवासी नेपाली नागरिकहरुले देशको अर्थ व्यवस्था उकास्न योगदान दिँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…