एम्बुलेन्समा ५६ किलो गाँजा, ३ पक्राउ !
गाँजा सहित तिनैजनालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक गौतम थापाले जानकारी दिनु भयो ।

२०७७ जेठ २८ बुधबार, दिउँसो ४:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । एम्बुलेन्सबाट लागुऔषध गाँजाको तस्करी गरिरहेको अवस्थामा ५६ किलो लागुऔषध गाँजा सहित तिनजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
पर्सा प्रहरीले आज पत्रकार सम्मेलनको आयोजना गरी लागुऔषध गाँजा सहित पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा जिल्ला पर्सा बहुदरमाई नगरपालीका वडा नम्बर ५ भौराटार बस्ने वर्ष ३२ को हरिशंकर महतो, जिल्ला सर्लाही लालबन्दी नगरपालीका वडा नम्बर १५ बस्ने वर्ष २३ को जित बहादुर वाइवा र वर्ष २२ को दिल बहादुर वाईवा रहेका छन ।
विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बहुदरमाई नगरपालीकाको भौराटार स्थित बाट ना ४ च ८५९९ नम्बरको अल्पाईन मेडिकल कलेज टिचिगं हस्पिटल सिमरा बाराको एम्बुलेन्सले बोकेको ५६ किलो लागुऔषध गाँजा सहित तिनैजनालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक गौतम थापाले जानकारी दिनु भयो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…