जसपाबाट राजपा अलग हुने : नेता यादव
असन्तुष्ट शिर्ष नेताहरुबीच सो विकल्पमा छलफल चलिरहेको बताइएको छ।

२०७७ जेठ २७ मंगलबार, दिउँसो १२:३४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल मिलेर बनेको जनता समाजवादी पार्टीबाट राजपा नेपाल अलगीने सँकेत देखिएको बताइएको छ ।
तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सचिव राहुल यादवले जनता समाजवादी पार्टी निर्माण नहुन्दै फुटको संघारमा गएको बताएका हुन् ।
उनले जनता समाजवादीका केही नेताहरुको व्यक्तिगत स्वार्थपूर्ती गर्न जनता समाजवादीका केन्द्रिय समितीका सदस्यहरु जातिय र भौगौलिक रुपमा समावेश नगरिएको भन्दै असन्तुष्टिको तहगत हिसाबले फुटको संघारमा गएको बताएका छन् ।
उनले भने– “पार्टीभित्रै पुनः विवाद चुलिएपछि आदिवासी जनजाती, मुस्लिम, दलित , महिला र प्रदेश नम्बर २ का प्राय जसो नेताहरुलाइ र तयसमापनी केही जिल्लाका नेताहरुलाइ मात्र समावेस गरेको कारण राजपा लाई जिवितै राख्ने कसरतमा शिर्स नेताहरुको छलफल तिव्र रुपमा चलिरहेको छ।”
अहिलेका कार्यकारिणी समितिमा जनाधार नभएका केही नेताहरु आफ्ना आसेपासेलाइ मात्र समावेश गरेको आरोप लगाउँदै एकता भँग हुने तगारमा रहेको बताएका हुन् ।
कथनी र व्यवहारमा व्यापक अन्तर देखिएकोले जनतासमाजवादी केही सिमित नेताहरुको आफ्नो व्यक्तिगत स्वार्थ पुर्ती गर्न मात्र निर्माण भएको र यसले वैकल्पिक शक्तिको रुपमा नहुने दावी पनि समेत यादवले गरेका छन।
अहिलेसम्म केही शिर्ष नेताहरुको हस्ताक्षर नभएको र सो बिना जनता समाजवादीमा जाने नेताहरु जाने र बाँकी राष्ट्रिय जनता पार्टी नै यथावत रहने जीकिर समेत गरेका हुन् ।
शिर्ष नेताहरुबीच भएको सबै सहमतीलाई लत्याएर भौगौलिक रुपमा, लैङिक रुपमा र जातिय रुपमा समावेश समेत नगरेका कारण जिल्लाहरुमा तिव्र असन्तुष्टि बढेको दाबी गरेका छन् ।
सचिव यादवले जिल्लाका नेता कार्यकर्ताहरुको व्यापक दवाबले शिर्स नेताहरु राजपालाइ जिवितै राख्ने विकल्पमा छलफल चलिरहेको बताएका छन् ।
उनले टिकट बेच्ने समानुपातिक सान्सद बनाउन करोड लिएकाहरु को नेतृत्वमा जान नसक्ने जिल्लाहरुका अधिकाँश नेताकार्यकर्ताहरुको तिव्र असन्तुष्टि रहेको आरोप समेत लगाएका छन् ।
विगत का समाजवादिका असन्तुष्ट र राजपाका असन्तुष्ट शिर्ष नेताहरुबीच सो विकल्पमा छलफल चलिरहेको बताइएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…