प्रभु साहले मानसिक सन्तुलन गुमाए : राज्यमन्त्री यादव
विकास कार्यक्रम वापत आर्थिक संकलन गरेको भनि आरोप लगाएपछि राज्यमन्त्री राय तातिएका हुन् ।

२०७७ जेठ २४ शनिबार, बेलुकी ५:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले नेकपाका नेता प्रभु साह उपर भ्रष्टाचार सम्बन्धी छानबिन गर्नुपर्ने माग उठाएका छन् ।
प्रदेश २ सरकारलाई बिना प्रमाण कपोल कल्पित ढङ्गले नेकपाका नेता साहले भ्रष्टाचारको आरोप लगाएको भन्दै पहिले साह उपर नै छानबिनको माग गरिएको छ ।
भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहत प्रदेश भरि रहेका कृषि ज्ञान केन्द्र मार्फत मन्त्री र राज्यमन्त्रीको संलग्नतामा बिभिन्न विकास कार्यक्रम वापत आर्थिक संकलन गरेको भनि आरोप लगाएपछि राज्यमन्त्री राय तातिएका हुन् ।
“नेकपा प्रदेश २ का अध्यक्ष एवं पुर्व मन्त्री माननीय प्रभु साहजीले समाजिक सञ्जाल मार्फत लगाएका आरोप प्रति हाम्रो ध्यान केन्द्रित भएको छ । कोभिड–१९ को प्रभाव न्यूनिकरण गर्न किसानहरुलाई लकडाउन अबधीको राहत एवं ब्याज मिनहा गर्ने जस्ता अति महत्वपुर्ण कार्यक्रम साथै कृषि सडक, सोलार पम्प र पशु पन्छी संग जोडिएका बिकासे कार्यक्रम संचालनका निम्ति सुचना प्रकाशन भईरहेको बेलामा आत्तिएर मानसिक रुपमा बिचलित भई यस्ता आरोप लगाएको हाम्रो ठहर छ ।”– रायद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
हट्ठात मानसिक्ताले मानसिक संतुलन गुमाई साहले अभिब्यक्ति दिएको कुरा तथ्यहिन समाजिक सञ्जालको लेखाईबाट सिद्ध भएको उल्लेख गरिएको छ।
नेता साहले आफु र आफ्ना आसे पासे मार्फत नामै किटान गरि बिभिन्न पत्र पत्रिका, समाजिक सञ्जाल र अनलाईन मार्फत मन्त्री र राज्यमन्त्री माथी लगाएका आरोप प्रमाणित गर्न चुनौती समेत दिएका हुन् ।
नेता साह आफै रौतहट जिल्लामा चरम भ्रष्टाचारमा लिप्त रहेको, अकुत सम्पतीको श्रोत देखाउन नसकेको, जनयूद्ध प्रतिष्ठानको नाममा हरेक वर्ष स्थानिय तह बाट धाक धम्की देखाई करोडौको भ्रष्टाचार गरिरहेको, आफ्नो संसदीय बजेटलाई हिनामिना गरेको, बिभिन्न हत्या, हिंशाका अभियुक्त रहेका उनले कमाएका अकुत सम्पतीको छानविन गर्न माग समेत संघीय सरकारसँग गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…