जनकपुरः करेन्ट लागेर किसानको घटनास्थलमै मृत्यू !
बिधुत प्राबिधिककरण कतै न कतै लापरबाही गर्दै आएको वडा बिनोद मण्डलले बताए ।

२०७७ जेठ २४ शनिबार, बिहान १०:२५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा विहानै एक किसानलाई करेन्ट लागेर ज्यान गएको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा नं ५ ललिया पुर्वारी टोल बेलहि बाड् नजिकै आफ्नै खेतमा मोटर चलाउने क्रममा करेन्ट लागेर मृत्यू भएको हो ।
मृत्यू हुनेमा स्थानीय वर्ष ५० को चन्देश्वर साह रहेको जनाइएको छ । घटना पश्चात स्थलगत मुचुल्का उठाएर उनको शवलाई प्रादेशिक अस्पताल जनकपुर पठाउने तयारी गरिएको हो ।
ईलाका प्रहरी कार्यलय धनुषाधामका प्रहरी निरक्षक सुमन थापाका अनुसार, मोटर चलाउने क्रममा मोटरबाट विद्युत प्रवाह भई करेन्ट लागेको हो ।
साह विहान ४ बजे खेतमा गएको थियो । करेन्ट लागेर उनको ज्यान गएको हो । दुई वर्ष अगाडी यसतै प्रबतीको घटना भएको थियो । बिधुत प्राबिधिककरण कतै न कतै लापरबाही गर्दै आएको वडा बिनोद मण्डलले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…