प्रदेश २ः मोटरसाईकलको ट्याँकीमा साढे २२ लाख रुपैयाँ फेला
मोटरसाइकलको फलास ट्यांकीमा लुकाई छिपाई २२ लाख ४८ हजार नगद बरामद भएको छ।

२०७७ जेठ २३ शुक्रबार, बिहान ८:०६ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, वीरगँज । प्रदेश नं. २ को पर्साको सिमावर्ती छिपहरमाई गाउँपालिका वार्ड नं ४ बंजारीबाट साढे २२ लाख रुपैयाँ बरामद भएको छ ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट भिस्वा बंजारीले मोटरसाइकल को ट्यांकी मा रहेको ठूलो परिमाणमा नेपाली नोट समेत एक युवक लाई पक्राउ गरेको हो ।
छिपहरमाई गाउँपालिकाको भिस्वाबाट बहुदरमाई नगरपालिकाको भौराटार लेजादै गरेको ना ४३ प २८०२ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्ने क्रममा ट्यांकी बाट २२ लाख ४८ हजार रुपैयाँ बरामद भएको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट भिस्वा बंजारीका सशस्त्र प्रहरी निरीक्षक हरिकुमार पराजुलीकाको कमाण्डमा रहेको टोलीले उक्त रकम सहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी निरिक्षक पराजुलीका अनुसार शंकाको अधारमा बिहान ९:३० बजेको समयमा चेकजाँच गर्दा मोटरसाइकलको फलास ट्यांकीमा लुकाई छिपाई २२ लाख ४८ हजार नगद बरामद भएको छ।
पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वार्डनं ५ भौराटार निवासी २० वर्षीय मोटरसाइकल चालक प्रकाश कुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक पराजुलीले जनाएका छन।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…