राजदेवी मन्दिरसँगै 'मदिरा पसल'
रतिभर पनि आस्था सम्बद्ध र कानुन सम्बद्ध देखिदैन ।

२०७४ माघ १४ आइतबार, बिहान ११:३५ बजे३ मिनेट पढाइ
ब्युरो अपरेशन
जनकपुधाम, १४ माघ । हिन्दुधर्मावलम्बीहरुको आस्थाको केन्द्र मानिन्छ कुनै पनि देवी देवताको मठ मन्दिर, तर धनुषाको एक ठाउँ जहाँ मन्दिरसँगै मदिरा पसल समेत सँचालन गरिएको छ ।
हो, यस्तो भन्दा सुन्नमा अच्चम लाग्ला तर यो सत्य हो ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका र लक्ष्मीमिनीयाँ गाउँपालिकाको सीमामै रमदैया भवाडी स्थित रहेको आस्थाका केन्द्र राजदेवी मन्दिरसँगै मदिरा पसल समेत सँचालनमा छन् ।
हुनतः मन्दिर भने क्षीरेश्वरनाथ नगरपालिकाको सीमा भित्र पर्छ , मन्दिर जनकपुर महेन्द्रनगर सडकखण्ड (राजमार्ग) मै पश्चिमपटटी छेउमै स्थापित रहेको छ ।

कुनै देवी देवताको मठ मन्दिरदेखि करिब ३०० मिटर दुरीसम्म मदिराजन्य वस्तुको पसल तथा विक्रि वितरण राख्न नपाउने प्रावधान रहेपनि मन्दिरसँगै मदिरा पसल सँचालन गर्नु रतिभर पनि आस्था सम्बद्ध र कानुन सम्बद्ध देखिदैन ।
तर मन्दिरको छेउमै पर्खालसँगै मदिरा पसल सँचालन गर्दा मन्दिर व्यवस्थापन समिति, मन्दिरका महन्त र नगरपालिकाका प्रमुखले चुप्पी लादनु कतै न कतै मिलोमत्तोमा सँचालन गरिएको हो भनेर शंका उब्जीनु स्वभाविक हो ।

यता, मदिरा पसलको नाम समेत राजदेवी कोल्ड स्टोर भनेर राखिएको फोटोमा प्रष्ट हेर्न सकिन्छ । मन्दिरसँगै मदिरा पसलको सँचालन र राजदेवीकै नामबाट सँचालन गर्नु मन्दिरका महन्त र व्यवस्थापन समिति उपर पनि प्रश्न चिन्ह खडा हुन्छ ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…