जनकपुर: हेल्मेट र मोसाबाट ३ म्यागजिन र पेस्तोल सहित एक पक्राउ !
कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएर अनुसन्धान थालिएको जनाइएको छ ।

२०७७ जेठ १९ सोमबार, दिउँसो ३:५७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरबाट जिल्ला प्रहरी कार्यालय धनुषाले एक युवकलाई हतियार सहित पक्राउ गरेको छ ।
२ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा एक युवकलाई पक्राउ गरेको हो ।
खोज तलास गर्दै जाने क्रममा जिल्ला धनुषा जनकपर उप(महानगरपालिका– १७ बेलौनी स्थित राम लोचन पासवानको आपँको बगैचामा ज ४ प ३९३३ नम्बरको मोटरसाईकल रोकी बसेका जिल्ला महोत्तरी लोहरपट्टी गाउँपालिका–८ बस्ने सर्दिक कवारीको छोरा वर्ष २० को डिके. भन्ने आजेजुल राईनलाई पक्राउ गरिएको हो ।
प्रहरीले शंकास्पद अवस्थामा फेला परेकोमा राईनको शरीर तथा मोटरसाईकल तलासी गर्दा उनले लगाएको हेलमेट र मोटरसाईकलबाट अटोमेटिक पेस्तोल १ वटा र त्यसमा प्रयोग हुने ३ वटा म्यागजिन तथा ५ राउण्ड गोली समेत बरामद गरेको छ ।
आजेजुल राईन र मोटरसाईकल सहित नियन्त्रणमा लिई कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय धनुषा ल्याएर अनुसन्धान थालिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…