किसानलाई ब्याज बारे अन्यौल : प्रमुख साह
प्रदेश सरकार अनुगमन समिती राखेको छ त्यस द्वारा समन्वय गरि गर्दा राम्रो हुनेछ ।

२०७७ जेठ १९ सोमबार, दिउँसो ३:१२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लकडाउनका कारण प्रभावित भएका प्रदेश नं. २ का किसानहरुलाई सरकारले ब्याज तिरिदिने भनेपनि कागजात मिलानको लागि अन्यौल उत्पन्न भएको छ ।
बिश्वमहामारी रुपमा फैलिदै गएको कोरोना भाईरस कारण नेपाल सरकार लगाएको लकडाउनको अवधीमा ४ महिनाको ब्याज तिरिदिने राहत प्याकेजमा किसानहरु आफैं अन्यौलमा परेका छन् ।
प्रदेश सरकारले किसानहरुको लागि ल्याएको राहत प्याकेज उपभोग गर्नको लागि चाहिने आवश्यक प्रक्रिया पुरयाउनको लागि समेत अन्यौलता भएको कृषि विज्ञान केन्द्र जनकपुरका प्रमुख शंकर प्रसाद साहले जनाए ।
किसानहरुले कसरी फर्म भर्ने ? कहाँ फर्म बुझाउने भन्ने विषयलाई लिएर सूचनाको अभावका कारण किसानहरु अझै अलमलतामै अल्झेको देखिएको छ ।
धनुषाधामबाट संचालित रेडियो धनुष ९९.७ मेगाहर्जको सँध्याकालिन कार्यक्रम “मधेश मंथन” मा कृषि ज्ञान केन्द्र धनुषाको कार्यलय प्रमुख शंकर प्रसाद साह तथा नेपाल सह्कारी संघ प्रदेश नं २ का संयोजक राम कुमार महतोले राहत प्याकेज सन्दर्भमा किसानहरुको अलमलता बारे बताएका थिए ।
“अहिले अवस्थामा किसानलाई राहत दिन लागि प्रदेश राखेको टेरिजमा सबै किसानको बैक खाता छैन , सहकारीबाट कर्जा लिएको किसानलाई समूह नं दिएको हुँदा कसरी पाउने किसान भन्ने अन्योलमा छ्न ।”– सँयोजक महतोले बताए ।
प्रदेश २ मा जम्मा १०४ साना किसानको कार्यालय रहेको छ । आवद्ध परिवार संख्या १० लाख ५ हजार ४ सय ५४ रहेको छ ।
उनीहरु साना किसान सहित कृषि विकास सहित विभन्न बैंकबाट कर्जा लिएको देखिएको छ । साना किसान कृषि सहकारी समन्वय गरि किसानको खातामा ब्याज राख्दा धेरै किसान पाउने अवस्थाबारे उनले प्रष्टाए ।
“प्रदेश सरकार अनुगमन समिती राखेको छ त्यस द्वारा समन्वय गरि गर्दा राम्रो हुनेछ ।"- उनले थपे । 
यस्तै, कृषि ज्ञान केन्द्रका प्रमुख साहले किसानहरुबाट तथा बुद्धिजीवी स्तरबाट गएको सुझावलाई सकारात्मक लिदै प्रत्येक स्थानीय तहमा जानकारी गराएको बताए ।
उनले किसानलाई लकडाउनको बेला जनकपुर नै आउनुपर्ने कुनै बाध्यता नभएको बताउँदै स्थानीय (सम्बन्धित नगरपालिका, गाउँपालिका) मा फारम भरेर बुझाउन आग्रह समेत गरे ।
उनले भने, –“अहिले अवस्थामा किसान ठूलो मर्कामा छ ,प्रदेश सरकारले ल्याएको राहत प्याकेज सराहनीय छ । हामी तेरिज अनुरुप काम गर्छौ सुधार गर्नु पक्षलाई पनि बुझी पहल गर्छौ ।”
उनले सबै किसानमा अनुरोध पनि गर्छौ समाजिक दुरि कायम गरि काम काज गर्न आग्रह समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…