मिर्चैया : वडाध्यक्षले स्थानीयलाई छल्दै बाहिरका व्यक्ति राखेर बनाए उपभोक्ता समिति
निकट र आसेपासेलाई समितिमा राख्दा जनप्रतिनिधिहरु सहजै मनोमानी गर्छन् ।

२०७७ जेठ १८ आइतबार, राति ८:१८ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । नेपालमा चालु आर्थिक वर्षको अन्तिममा देशभर सडक, कल्भर्ट, कुलो, भवनलगायत विकासका कामको चटारो छ ।
आर्थिक वर्ष सकिनै लाग्दा विनियोजित रकम निकासा गर्न हत्तारहत्तार काम गरिँदैछ । आर्थिक वर्षको अन्तिम अन्तिम समयमा काम गर्ने यहाँ नयाँ नभई पहिलादेखिकै परिपाटी छ ।
देशमा तीन तहका सरकार गठन भएपछि स्थानीय तहमा हरेक कामको जनताले निगरानी गर्न सक्ने र हरेक कार्य पारदर्शी हुने र काम समयमै हुने आशा गरिएको थियो । तर, तीन तहका सरकार आएपछि अपादरर्शीता, अनियमितता र ढिलासुस्तीले झन भयावह रुप लिँदै गएको छ ।
उपभोक्ता समितिमा जनप्रतिनिधिले आफन्त, नातागोता र आसेपासेलाई पदाधिकारी बनाएर बजेटको केहि रकमले काम गर्ने र बाँकी रकम कुम्ल्याउने प्रवृत्ति छ ।
मिर्चैया नगरपालिका–१० स्थित घुर्मी खोलाले कटान गर्दै रतनपुर गाउँ प्रवेश गर्न थालेपछि त्यसलाई नियन्त्रण गर्न तत्कालिन समाजवादीका मिर्चैया नगर अध्यक्ष रामदयाल यादवले पहल थाले । स्थानीय तहले सहयोग नगरेपछि उनले प्रदेश २ को भौतिक पूर्वाधार मन्त्रालय गुहारे । मन्त्रालयले तटबन्धका लागि २५ लाख बजेट दियो ।
तर, आर्थिक वर्षको अन्त्यमा स्थानीय तहमार्फत् हुन लागेको तटबन्धको कामका लागि सबैलाई छलेर उपभोक्ता समिति बनाइएको खुलेको छ । उपभोक्ता समिति बनाउँदा गाउँभेला आयोजना अनिवार्य छ । गाउँभेला गरी काम हुने ठाउँका स्थानीयलाई समितिमा राखिनुपर्ने प्रावधान छ । तर, सो प्रावधानलाई लत्याउँदै वडाध्यक्षले गुपचुपमा समिति गठन गरेको पाइएको हो ।
वडा नम्बर १० का वडाध्यक्ष रामचन्द्र मण्डलले रतनपुरमा हुने कामका लागि छिमेकी बस्ती मथिलेश्वरका आफ्ना आसेपासे र कार्यकर्तालाई समेटेर उपभोक्ता समितिका पदाधिकारी बनाएका हुन् । समितिमा रहेका सबै वडाध्यक्ष निकट हुन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…