सामाजिक सञ्जाल नै बन्द गराइदिने ट्रम्पको चेतावनी
ट्विटरले चेतावनी चिह्न राखेर तथ्य प्रस्तुत गरी साँचो वा झुट साबित गर्न थालेपछि उनी आक्रोशित भएका हुन् ।

२०७७ जेठ १५ बिहीबार, बिहान ९:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । ट्विटरले आफ्ना ट्विटमा ‘तथ्यजाँच’ राखेर गल्ती औंल्याइदिन थालेपछि आक्रोशित अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल नै बन्द गराइदिने चेतावनी दिएका छन् ।
ट्रम्पले अरूलाई आरोप लगाएर जथाभावी ट्विट गर्न थालेपछि ट्विटरले त्यसको तल चेतावनी चिह्न राखेर तथ्य प्रस्तुत गरी साँचो वा झुट साबित गर्न थालेपछि उनी आक्रोशित भएका हुन् ।
हुलाकमार्फत हुने मतदानमा पूरै धाँधलीपूर्ण हुने भन्दै ट्रम्पले मंगलबार ट्विट गरेका थिए । तर ट्विटरले त्यसको तल हुलाकमार्फत हुने मतदान पारदर्शी हुने तथ्य राखेर उनको कुरा पहिलोपटक झुट साबित गरिदिएको थियो। त्यस दिनदेखि ट्विटरप्रति ट्रम्प आक्रोशित छन् ।
त्यही दिनदेखि उनले लगातार ट्विट गरेर यो वाक् स्वतन्त्रताको हनन भनिरहेका छन् । त्यसपछि बुधबार बिहान अझ उत्तेजित हुँदै दुईवटा ट्विट गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…