प्रहरीले गोली हानेर अभियुक्त समाते
चितवन, १३ माघ । जेलबाट फरार भएका एक अभियुक्तलाई प्रहरीले गोली हानेर पक्राउ गर्न सफल भएका छन् । काठमान्डौँको डिल्लीबजार कारागारबाट फरार भएका एक अभियुक्तलाई आज साँझ भरतपुरमा प्रहरीले गोली हानी पक्राउ गरेको हो । निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडि जाँचका क्रममा पक्राउ गरिए

२०७४ माघ १३ शनिबार, बेलुकी ७:३० बजे१ मिनेट पढाइ

चितवन, १३ माघ । जेलबाट फरार भएका एक अभियुक्तलाई प्रहरीले गोली हानेर पक्राउ गर्न सफल भएका छन् ।
काठमान्डौँको डिल्लीबजार कारागारबाट फरार भएका एक अभियुक्तलाई आज साँझ भरतपुरमा प्रहरीले गोली हानी पक्राउ गरेको हो ।
निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडि जाँचका क्रममा पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार माघ ४ गते डिल्लीबजार कारागारबाट फरार भएका रामेछाप दोरम्बाका २९ वर्षीय टीका थापामगरलाई पक्राउ गरिएको हो ।
ना ४७ प ५०५२ नंको पल्सर मोटरसाइकलमा आउँदै गरेका अभियुक्त तथा अर्का एक व्यक्तिले प्रहरीलाई देखेपछि फायरिङ गर्दा प्रहरीले छ राउण्ड जवाफी फायरिङ गरेको थियो ।
थापाका अनुसार मोटरसाइकलमा पछाडि बस्ने व्यक्ति भागेका छन् भने चलाउने थापामगर पक्राउ परेका हुन् ।
थापामगरको हात र तिघ्रामा गोली लागेको उहाँले बताउनुभयो । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
फरार अभियुक्त आउँदै गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको अपराध महाशाखा र जिल्लाको टोलीसँग साँझ ५ः१० बजे मुठभेड भएको थापाले बताए।
उनको साथबाट एक थान कटुवा पेस्तोल र खुकुरी बरामद गरिएको छ ।
निज लुटपाट र चोरी डकैतीका दर्जनौँ मुद्दामा कारागार परेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…