आमाछोरालाई निर्घात कुटनेहरु अझै समातिएनन
कुटपिटबाट आमाछोरा दुबै जनाको टाउको, नाक, हात र छातीमा चोट लागेको छ ।

२०७७ जेठ १२ सोमबार, बिहान १०:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्युरो, जनकपुरधाम । जनकपुरमा सामान्य विवाद हुदा छिमेकीले आमाछोरालाई निर्घात कुटपिट गरि घाइते बनाइएको एक हप्ता बित्न लाग्दा समेत प्रहरीले अभियुक्तलाई समात्न सकेको छैनन् ।
जनकपुर उपमहानगरपालिका वडा नं ८ स्थित नमुनाबस्तीमा गत जेठ ५ गते बाटोको विषयमा विवाद हुदा छिमेकी शर्मा भण्डारी,रामनिवास भण्डारी र राम चन्द्र भण्डारीले आमाछोरालाई निर्घात कुटपिट गरी घाईते बनाएका थिए ।
कुटपिटबाट घाइते भएका ४० वर्षीया बबिता पुर्वे र उनका १८ वर्षीय छोरा राहुल पुर्वे जनकपुर प्रादेशिक अस्पतालमा उपचारपछि डिस्चार्ज भई पीडकहरुको विरुद्ध स्थानीय मुजेलिया प्रहरी चौकीमा किटानी जाहेरी दिए ।
पीडितको उजुरीको आधारमा प्रहरीले ३ जना पीडकमध्ये एक रामनिवास भण्डारीलाई घटना भएकै राती पक्राउ गरेपनि भोलिपल्टनै पीडितलाई जानकारी नगराइकन छाडिएको पीडित बबिता पुर्वेले बताइन् ।
पीडकलाई मुजेलिया प्रहरीले छाडेपछि पीडित बबिता पुर्वेका श्रीमान् जिल्ला प्रहरी कार्यलयमा किटानी जाहेरी दिए तर त्यहाँ पनि प्रहरीले मुद्दा दर्ता नगरी मिलापत्रकै लागि दबाब दिएको पीडितको आरोप छ ।
तर, पीडितले मिलापत्रको लागि नमानेपछि प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालयमा उनीहरुलाई बोलापनि न कुनै छलफल भयो न मुद्दा दर्ता पुनः शुक्रबार आउन भन्दै फिर्ता पठाइएको पीडित बबिताले बताइन् ।
उनी भनिन्– “प्रहरीले उनीहरुको राजनीतिक पहुँचको कारण प्रहरीले दोषीमाथि मुद्दा नचलाउनकै लागि मुद्दा दर्ता नगरेको र घटना मिलाउन खोजेको हो ।”
कुटपिटबाट आमाछोरा दुबै जनाको टाउको, नाक, हात र छातीमा चोट लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…