प्रदेश २ : वनमा छापा, टांगिया वस्ती विनाश गर्दै वन
२०७६ बमोजिम कडा कारबाही गरिने डिएफओ मञ्जुर अहमदले बताउनुभयो ।

२०७७ जेठ १० शनिबार, दिउँसो १२:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । लकडाउन चलिरहेको बेला वन रक्षकहरुले विभिन्न ठाउँमा छापामारी गर्दा १० लाख रुपैयाँ बढीको अवैद्य काठ बरामद गरेको छ ।
प्रदेश नं. २ को बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ स्थितबाट विभिन्न गोठहरुमा छापमारी गरी लाखौंको काठ बरामद गरेको हो ।
वन रक्षकको टोलीले चोरी लुकाएर वनभित्रै गोठमा राखेको काठहरु बरामद गरेको हो । विभिन्न ७ ठाउँमा गरेको छापामारीबाट भारी परिमाणको काठ बरामद भएको हो ।
प्रदेश नं. २ वन निर्देशनालयका अधिकृत सुरेश शर्माका अनुसार, बारा जिल्लाको टांगिया बस्ती जो कि जंगल फडानी गरी जंगलको बीचमा बसेको उनीहरुकै गोठबाट त्यहाँ आज वन कर्मचारीहरु द्वारा छापा मारी भारी मात्रामा काठ बरामद गरेको छ ।

कोरोना भाइरसले गर्दा लकडाउनको अवस्थामा जनजीवन कष्टकर रहेको मौका छोपी वन पैदावर हानी नोक्सानी तथा चोरी निकासीमा बृद्धि भए पनि बिना कुनै सुरक्षा सामग्री र बिना कुनै थप सुबिधा पनि वन कर्मचारी वन संरक्षणमा अहोरात्र खटने कुरा आफैमा प्रशंसनीय भए पनि खतरामुक्त नरहेको बताइएको छ ।
दोषी उपर छानबिन गरी वन ऐन २०७६ बमोजिम कडा कारबाही गरिने डिएफओ मञ्जुर अहमदले बताउनुभयो ।
प्रदेश सरकारबाट वनलाई अत्यावसकीय सेवा अन्तर्गत राखेर वन कर्मचारीको मनोबल उच्च बनाइ वन संरक्षण प्रभावकारी बनाउनुपर्ने बिज्ञहरुको राय रहेको छ ।
वन नोक्सानी गर्नमा बदनाम रहेको टांगिया बस्ती रहेको तथा यसको मुख्य काम नै वन पैदावर चोरी निकासी र तस्करी रहेको छ । यस बस्तीलाई अविलम्ब नेपाल सरकारले नहटाए वनको ठूलो नोक्सानी हुने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…