पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना
दुर्घटनास्थलका फुटेजहरुमा धुँवाको मुस्लो आइरहेको र एम्बुलेन्स तथा उद्दारकर्ताहरु पुग्दै गरेको देखाइएको छ ।

२०७७ जेठ ९ शुक्रबार, बेलुकी ६:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, पाकिस्तान । पाकिस्तान इन्टरनेसनल एयरलाइन्स (पीआईए) को जहाज दुर्घटना भएको छ ।
९० जना यात्रु र चालक दलका ८ जना सवार रहेको सो जहाज दुर्घटनामा परेको पीआईएका प्रवक्ता अब्दुल सत्तारलाई उद्धृत गर्दै पाकिस्तानको सञ्चारमाध्यम डनले जनाएको छ ।
सो जहाज पाकिस्तानको लाहोरदेखि कराँची जाँदा जिन्ना अन्तर्रा्ष्ट्रिय विमानस्थल कराँची नजिकैको वस्तीमा दुर्घटना भएको पाकिस्तानी सञ्चामाध्यमले जनाएका छन् ।
त्यहाँका सञ्चारमाध्यममा आएका भिडियो दुर्घटनास्थलका फुटेजहरुमा धुँवाको मुस्लो आइरहेको र एम्बुलेन्स तथा उद्दारकर्ताहरु पुग्दै गरेको देखाइएको छ ।
दुर्घटनासँगै त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रीले त्यहाँका प्रमुख अस्पतालमा आपतकाल घोषणा गर्दै उपचारका लागि तयार रहन निर्देशन दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…