विश्वभर एकैदिन थपिए अहिलेसम्मकै धेरै संक्रमित
यो एकै दिन भएको अहिलेसम्मकै धेरै संक्रमण हो ।

२०७७ जेठ ९ शुक्रबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । विश्वभर कोरोना संक्रमणको दर दिनहुँ झनझन् बढ्दै गएको छ ।
बिहीबार एकै दिन एक लाख भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । वल्डओमिटरमा सार्वजनिक शुक्रबार बिहान ६ बजेसम्मको तथ्यांकअनुसार गएको २४ घन्टामा विश्वभर एक लाख ५ हजार ६ सय २९ जना नयाँ संक्रमित थपिएका छन् ।
यो एकै दिन भएको अहिलेसम्मकै धेरै संक्रमण हो । नयाँ संक्रमित सबैभन्दा धेरै अमेरिकाका छन् । त्यहाँ हिजो एकै दिन २७ हजार ५ सय ९७ जना नयाँ संक्रमित थपिएका छन्। अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या १६ लाख २० हजार नाघेको छ।
त्यसैगरी गएको २४ घण्टामा ब्राजिलमा १६ हजार ७ सय ३० जना नयाँ संक्रमित थपिएका छन्। त्यहाँ संक्रमितको संख्या ३ लाख १० हजार नाघेको छ। त्यसैगरी रुसमा हिजो एकै दिन ८ हजार ८ सय भन्दा धेरै नयाँ संक्रमित थपिएका छन्।
अहिलेसम्म विश्वभर कोरोना संक्रमणबाट ३ लाख ३४ हजार ६९ जनाको मृत्यु भइसकेको छ।
बिहीबार विश्वभर ४ हजार ८ सय ३० जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन्। हिजो सबैभन्दा बढी अमेरिकामा १ हजार ३ सय ५६ जनाले ज्यान गुमाएका छन्।
त्यसैगरी बुधबार ब्राजिलमा १ हजार १ सय ५३, मेक्सिकोमा ४२४, बेलायतमा ३३८, रुसमा १२७, इटालीमा १५६, पेरुमा १२४, क्यानाडामा ११२ जनाले ज्यान गुमाएका छन्।
भारतमा गएको २४ घन्टामा कोरोना संक्रमणबाट १५० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ३५ सय ८४ पुगेको छ।
भारतमा संक्रमितको संख्या एक लाख १८ हजार २२६ पुगेको छ। बिहीबार एकै दिन त्यहाँ ६ हजार १ सय ९८ जना नयाँ संक्रमित थपिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…