कतारमा महोत्तरीका अनिललाई गोली हानेर दिइयो मृत्यूदण्ड, किन पाएनन् आममाफी ?
यो कतारमा नेपालीले पाएको पहिलो मृत्यूदण्ड हो ।

२०७७ जेठ ८ बिहीबार, बेलुकी ६:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । कतार सरकारले एक नेपालीलाई मृत्यूदण्ड दिएको छ ।
महोत्तरीको औराही नगरपालिका–१ का अनिल चौधरीलाई मृत्युदण्ड दिइएको हो । यो कतारमा नेपालीले पाएको पहिलो मृत्यूदण्ड हो ।
सन् २०१५ मा रोजगारीको खोजीमा कतार पुगेका चौधरी कार वास कम्पनीमा लेवरको काम गर्थे । कतार पुगेको झण्डै २ वर्षपछि उनलाई हत्याको आरोप लाग्यो। कतारी नागरिक उमैर मोहम्मद अल नुयमीको हत्याको आरोपमा सन् २०१७ मा उनी पक्राउ परे ।
कतारको कानुनमा कसैले कसैको हत्या गरेको पुष्टि भएमा अपराधीलाई मृत्यूदण्ड दिने व्यवस्था छ । तर मृतकका परिवारले चाहेमा अदालतले आममाफी पनि दिन सक्छ । तर पीडित पक्षले अनिललाई माफी दिन चाहेन ।
अनिललाई दोषी ठहर गर्दै २६ मार्च २०१८ मा कतारको सर्वोच्च अदालतले मृत्यूदण्डको फैसला सुनायो । कतारस्थित नेपाली दूतावासले अनिलको कानूनी प्रतिरक्षाका लागि सर्वोच्चमा बहस गर्न आवश्यक वकिल खर्च (झण्डै ३० हजार कतारी रियाल) सरकारसँग माग गर्यो ।
बोर्डले दूतावासमा पठाएको पेस्की रकमबाट कानूनी प्रतिरक्षाका लागि आवश्यक रकम खर्च गर्न परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरिसकेको थियो । तर, कानुनी प्रतिरक्षाका लागि दूतावासले काम गर्न नपाउँदै कतारको सर्वोच्च अदालतले मृत्यूदण्डको फैसलालाई अनुमोदन गर्यो ।
त्यसपछि अनिललाई जेल प्रशासनले गोली हानी मृत्यूदण्ड दिएको हो । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । उनको शवलाई नेपाल पठाउनको लागि कतारी प्रशासनले अनुमति दिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…