भारतमा अम्पुन आँधी वितण्डा : १० बढीको मृत्यु, ५ लाखको उद्धार
न्यूज ब्यूरो, भारत । शक्तिशाली अम्पुन चक्रवातका कारण भारतको पश्चिम बंगालमा कम्तीमा १० जनाको ज्यान गएको छ । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अहिले मृतक गन्ने अवस्था नरहेको र आफूलाई अहिलेसम्म १० देखि १२ जनासम्मको मृत्यु भएको सूचना आएको बताएकी छन् । भारतीय सञ्चारमाध्यम ‘आजतक’का अनुसार अम्पुनका

२०७७ जेठ ८ बिहीबार, बिहान ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । शक्तिशाली अम्पुन चक्रवातका कारण भारतको पश्चिम बंगालमा कम्तीमा १० जनाको ज्यान गएको छ ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अहिले मृतक गन्ने अवस्था नरहेको र आफूलाई अहिलेसम्म १० देखि १२ जनासम्मको मृत्यु भएको सूचना आएको बताएकी छन् ।
भारतीय सञ्चारमाध्यम ‘आजतक’का अनुसार अम्पुनका कारण आएको विशाल हावाहुरी र वर्षाले भारतका पश्चिम बंगाल र ओडिसा राज्यमा विध्वंश मच्चाएको छ । यी दुई राज्यमा रूख, बिजुलीका खम्बा ढलेका छन् भने घरका भित्ता भत्किएका छन् ।
जानकारी अनुसार कैयौं घाइते भएका छन् । धेरैजसो मानिस रूख ढलेर लाग्दा मरेका छन्, घाइते भएका छन् । अहिले त्यहाँ पानी र बिजुली सेवा अवरुद्ध भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…