कृषि टिभी र प्रस्तोतालाई कारवाही गर्न माग, विरोधका कार्यक्रम सार्वजनिक
मधेशमाथि गरिएको व्यङ्ग अक्षम्य र असहनीय रहेको भन्दै कारबाहीका लागि प्रेस काउन्सिल नेपालसँग माग गरेका छन् ।

२०७७ जेठ ७ बुधबार, बेलुकी ६:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टी निकट जनमत विद्यार्थी संघले एक राष्ट्रिय टेलिभिजनले मधेशमाथि व्यंङ्ग प्रहार गर्दै हेपाहा प्रवृत्ति देखाएको भन्दै कारबाहीको माग गरेको छ ।
जनमत विद्यार्थी संघका केन्द्रीय अध्यक्ष पोषण कुमार यादवले बुधबार एक विज्ञप्ति जारी गरी कृषि टेलिभिजनमा प्रसारण हुने कोरोना गफगाफ कार्यक्रमका प्रस्तोता र टेलिभिजनलाई कारबाही गर्न माग गरेका हुन् ।
उनले मधेश (मधेशी, थारु, जनजाति, मुस्लिम आदि) माथि गरिएको व्यङ्ग अक्षम्य र असहनीय रहेको भन्दै कारबाहीका लागि प्रेस काउन्सिल नेपालसँग माग गरेका छन् ।
संघले विभिन्न विरोधका कार्यक्रमहरुसमेत सार्वजनिक गरेको छ । भोली बिहीबार कापीमा कृषि टेलिभिजनको कार्टुन बनाइ विरोध गर्ने, दोस्रो दिन शुक्रबार फेसबुक प्रोफाइल कालो राख्ने, तेस्रो दिन शनिबार कालो अक्षरमा प्रेस काउन्सिल लेखेरमा फेसबुकमा पोष्ट गर्ने, चौथो दिन इमेलमार्फत प्रेस काउन्सिलमा ध्यानाकर्षणपत्र बुझाउने र पाँचौं दिन सादा पानामा प्रेस काउन्सिल लेखेर घरमै बसी जलाउने विरोधका कार्यक्रमहरु सार्वजनिक गरिएको हो ।
पाँचौं दिनसम्म कारबाही नभए विरोधका थप कार्यक्रम सार्वजनिक गर्ने संघले चेतावनी दिएका छन् । यो पाँच दिनको बीचमा यदि टेलिभिजन र प्रस्तोतालाई कारबाही भए सोही दिनदेखि नै विरोधका कार्यक्रमहरु स्वतः फिर्ता हुने संघले जनाएको छ ।
यस्तो छ विज्ञप्ति :
.jpg)
.jpg)
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…