जनकपुरः लकडाउनमा प्रदेश साँसद 'यादव' को दादागिरी (भिडियो सहित)
प्रहरी चौकीमा चन्दा माग्न पुगेका यादवलाई प्रहरीले पक्राउ गरेको थियो ।

२०७७ जेठ ३ शनिबार, बिहान ९:०३ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का एक प्रदेश साँसदले प्रहरीलाई तथानाम भन्दै गरेको एक भिडियो सार्वजनिक भएको छ ।
प्रदेश नं. २ को सर्लाही जिल्ला क्षेत्र नं. २ (ख) बाट तत्कालिक संघीय समाजवादी फोरम तथा हालको जनता समाजवादी पार्टी नेपालका प्रदेश साँसद अशोक यादवले प्रहरीलाई धै–धम्की देखाउने गरेको भिडियोमा देखिएको छ ।
यो घटना प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरको भानुचोकको हो । सरकारले लकडाउन कडाई गरेको बेला साँसदको गाडी बिना पासको ओहोर दोहोर गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।
साँसदको सरकारी नम्बर प्लटेको गाडी कैयौं पटक बिना पासको ओहोर दोहोर गरेपछि जनपद प्रहरी र ट्राफिक प्रहरीको सँयुक्त टोलीले गाडीलाई नियन्त्रणमा लिएपछि विवाद सुरु भएको प्रहरीले जनाएको छ ।
गाडी नियन्त्रणमा लिएपछि चालकले तत्कालै साँसद यादवलाई फोन गरी भानुचोक बोलाएका थिए । ओहोर दोहोरको बेला साँसदको गाडीमा साँसद भने आफैं थिएनन् ।
गाडीलाई प्रहरीले नियन्त्रणमा लिएपछि साँसद यादवलाई बोलाइएको थियो । साँसद यादव आएलगत्तै जनकपुरको रेल्वे स्टेशन प्रहरी चौकीका ईन्चार्जलाई समेत तथानाम एवम् अपशब्द बोल्दै धाक–धम्की लगाउने गरेको भिडियोमा प्रष्ट देखिएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…