कर्फ्यूमा पनि नेपाल प्रहरीको भारतमा मार्केटिँग !
गत महिना मात्र पर्साका साँसद प्रदीप यादव बोर्डर पारी गएपछि उनलाई क्वारेन्टाइन गरिएको थियो

२०७७ जेठ २ शुक्रबार, दिउँसो १२:२२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । कोरोनालाई लिएर नेपाल भारत सीमा सील भएको अवस्थामा नेपाल प्रहरी भारतमा मार्केटिँग गरेको देखिएको छ ।
बारा र पर्सामा कफ्र्यू (निषेधाज्ञा) जारी गरिएपनि नेपाल प्रहरीका एक जवानले भारतको रक्सौल बजार पुगेर मार्केटिंग गरेको तस्विर भाईरल बनेको छ ।
भारतको रक्सौलबाट सँचालिक एक सँचार माध्यमका अनुसार, सीमा सील भएपनि नेपाल प्रहरीका एक जवान आफ्नो दैनिक उपभोग्य वस्तु खरिदको लागि मोटरसाईकल लिएर रक्सौल गएको थियो । स्थानीय प्रशासनले जवानसँग केही बेर सोधपुछ पनि गरेको खुलाएको छ ।
समान खरिदको लागि रक्सौल पुगेपछि केही स्थानीयहरुले समेत उनलाई सोधपुछ गरेपछि प्रहरी जवानले तर्कवितर्क गरेको तथा स्थानीयहरुले उनलाई छोडदिएको उल्लेख समाचारमा गरिएको छ ।
प्रहरीको बर्दिमै नेपाल प्रहरीले भारतमा प्रवेश गरी किनमेल गरेपछि भारतको लागि मामिला गम्भिर भएको भनिएको छ । बोर्डर सील भएको अवस्थामा आवतजावत पूर्ण भएपनि नेपाल प्रहरीले बोर्डर पार गरी किनमेल गरेको तस्विर खिचिएको हो ।
बारा र पर्सामा निषेधाज्ञा जारी गर्दै सडकमा देखिनेलाई सिधा गोली हान्न आदेश दिएपनि नेपाल प्रहरीका जवानले भारतमा किनमेल गरेपछि रक्सौल बजारमा चर्चाको विषय बनेको हो ।


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…